Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी, टोटनह्याम, न्युकासल, बर्नमाउथ र लिड्सको विजयी सुरुवात

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, टोटनह्याम, न्युकासल, बर्नमाउथ र लिड्सले विजयी सुरुवात गरेका छन् । गएराति भएको खेलमा चेल्सीले एभर्टनलाई १–० गोलले हराउँदै सुखद सुरुवात गरेको हो ।

चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको इन्जुरी समयमा गरेको पेनाल्टी गोल नै निर्णायक भयो । त्यस्तै हिजो भएको अर्को खेलमा टोटनह्यामले साउथह्याम्पटनलाई ४–१ गोलले हराएको छ । टोटनह्यामका रायन सेस्सेनन्, एरिक डाएर र डेजान कुलुसेभ्सकीले गोल गरे । टोटनह्यामले एक गोल आत्मघाती उपहार पाएको थियो ।

साउथह्याम्पटनका लागि कप्तान जेम्स वार्ड प्राउजले एक गोल गरे । हिजो भएका अरु खेलमा न्युकासल युनाइटेडले नटिङह्याम फरेस्टलाई र बर्नमाउथले एस्टन भिल्लालाई समान २–० गोलले र लिड्स युनाइटेडले उल्भ्सलाई २–१ गोलले हराएको छ । लिभरपुल र फुलह्यामले दुई/दुई गोलको बराबरी खेलेका छन् ।

शुक्रवार भएको लिगको उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई हराएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP