Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अब राष्ट्रिय परिचयपत्र भएकाले मात्रै चिकित्सा शिक्षा आयोगको परीक्षा दिन पाउने

काठमाडौं : अबदेखि राष्ट्रिय परिचय पत्र भएकाले मात्रै चिकित्सा शिक्षाकाे एकीकृत परीक्षा दिन पाउने निर्णय भएकाे छ।

चिकित्सा शिक्षा आयोगले सोमबार गरेको पत्रकार सम्मेलनमा एकीकृत परीक्षाको विश्वसनीयता बढाउनका लागि यस्तो निर्णय गरेको जानकारी दिएको हो।

यसका लागि आयोगले राष्ट्रिय परिचय पत्रसँग आयोगको सफ्टवेयर आबद्ध गर्नका लागि कार्यदल बनाएर काम अगाडि बढाएकोसमेत जनाएको छ।

आयोगले सार्वजनिक गरेकाे प्रगति विवरणमा भनिएको छ, ‘एकीकृत परीक्षाको विश्वसनीयता अझ बढाउन राष्ट्रिय परिचय पत्र पद्धतिसँग आयोगको सफ्टवेयर आवद्ध गर्न कार्यदलले काम गरिरहेको छ।’

यस्तै आयोगको हाल भक्तपुरमा रहेको कार्यालय अबदेखि केशरमहल भवनको तेस्रो तलामा सर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पत्र पठाइसकेको आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले जानकारी दिए।

चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहमा छात्रवृत्ति सिटमा अध्ययन गराएबापत मेडिकल कलेजसहित देशभरका १८ वटा शिक्षण संस्थाहरुलाई एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ दिइएको छ।

आयोगले हालै सार्वजनिक गरेकाे उक्त विवरण अनुसार आयोगले शैक्षिक सत्र २०७६/७७ देखि २०७९ असार मसान्तसम्म उक्त रकम वितरण गरिएको जनाएको हाे।

यस्तै आयोगले चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने विभिन्न विधा र तहका १२५२ विद्यार्थीलाई अनुमति पत्र दिएको समेत बताएको छ।​

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP