Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गर्भवती महिलाहरु उपचारमा सास्ती ब्यहोर्न बाध्य

कपिलवस्तु

जिल्ला स्वास्थ्य कार्यालयमा परीक्षण र उपचार सेवा लिन आएका गर्भवति महिलाहरु घन्टौ घाममा उभिएर सेवा लिन बाध्य छन ।

गर्भवति भए पछि स्वास्थ्य परिक्षण र उपचारमा आएका महिलाहरु घन्टौ घाममा उभिएर उपचार लिन बाध्य भएका हुन । स्वास्थ्यकर्मी अनुसार गर्भवति महिलाले नौ महिना भित्र ४ पटक स्वास्थ्य परिक्षण गराउनु पर्छ ।

स्वास्थ्य कार्यालयले गर्दै आएको मातृ शिशु स्वास्थय सेवा फाटको भवनमा पानी जमेको छ । त्यहा सेवा दिन नसकिए पछि अहिले स्वास्थ्य कार्यालयको भवनमा रहेको तल्लो तलाको एक कोठामा सो सेवा संचालन गरिएको छ ।

सोही फाटबाट हप्ताको सोमवार र मंगलावर गरी सेवा संचालन गरिएको छ । पुरानो, फोहर र जीर्ण भवनमा महिलाहरुले जेनतेन सेवा लिदै आएका थिए । नया ठाउमा सेवा सुरु गरिए पछि झनै सास्ती खेप्न बाध्य भएको उपचार सेवा लिन आएका महिलाहरुले गुनासो गरेकी छिन ।

जिल्लाको बुद्धभुुुमी नगरपालिका– १० बैकुन्ठपुरबाट गर्भवति भए पछि पहिलो पटक सेवा लिन सोमवार आएकी भागमीत पासीले उपचार सेवा पाउन निकै गाह्रो भएको बताईन । बिहान ९ बजे आए पनि २ बजे सम्म पनि पालो नपाएर घामामा उभिएकी उनले आफु जस्ती दुई जीउकी महिलाले निकै सास्ती ब्यहोर्न परेको बताईन । ‘ ५ घन्टा बढी घाममा उभिदा पनि पालो पाइएन, बस्ने ठाउ पनि छैन ’ घामा उभिएर कमजोर बनेकी उनले भनिन ‘ उपचार गराउन आएकी उल्टै बिरामी पर्ला जस्तो भएको छ ’ ।

कपिलवस्तु नगरपालिका– ५ दलदलाहाबाट आफनो श्रीमानसंग आएकी सुभावति कोरीले ४ घन्टा भन्दा बढी सयम देखि घामा लाईन बस्दा पनि पालो नआएको बताईन । ‘ चर्को घाममा उभिदा धेरै गाह्रो परेको छ, उपचार भन्दा बढी सास्ती पाईयो ’ उनले भनिन । उनका श्रीमान चन्द्रिका कोरीले घाममा पशु जस्तै उभिएर बस्दा श्रीमति धन्दै अचेत बनेको बताए । ‘ सजिलै उपचार पाउला भनी ल्याईएको मा यहाको हालत अर्कै पाए ’ उनले भने । भानमति र सुभावति जस्तै २ सय बढी महिलाहरु चर्को घाममा उभिएर पालो कुर्दै बसेका थिए । खानेपानी, बस्ने सुबिधा नहुदा महिलाहरु धेरै समस्यामा परेका थिए ।

उता १२ करोडको लागतमा बनेको अस्पतालको भवन हस्तान्तरण भएको एक महिना बित्दा पनि संचालनमा आउन सकेको छैन । यसले गर्दा पनि समस्या आएको छ । २०६२ सालमा प्रसुती गृृह निर्माणका क्रमामा कुरुवाका लागि बनाईएको घरमा बिगत ५ बर्ष देखि गर्भवति महिला, परिवार नियोजन र खोप पोषण सेवा संचालन गरिदै आएको छ । भवन जीर्ण र फोहर भएकाले त्यहा पनि उपचारमा समस्या आउने गरेको अस्पतालका कर्मचारीहरु नै बतााउछन । बरिष्ठ जन स्वास्थ्य अधिकृत योगेन्द्र भगतले सेवा दिइदै आएको भवनमा पानी जमेकोले उपचारमा समस्या आएकाले एक साता अघि देखि स्वास्थ्य कार्यालयको कोठामा राखेर भए पनि सेवा संचालन गरिएको बताए । ‘ ठाउ भएर त्यही कोठमा सेवा दिईएको हो, अस्पतालको भवन संचालन भए पछि समस्या हटछ ’ उनले भने ।

कर्मचारी अभावले पनि समस्या आएको र अस्पतालको भवन संचालनमा नआउदा सम्म समस्या हुने उनले बताए । अस्पताल नया भवनमा सारिए पछि अहिले अस्थायी सेडमा रहेका स्थानमा फाट संचालन गरिने भगतले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP