Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सिरिज खेल्न नेपाली क्रिकेट टोली भदौ ६ गते केन्या जाने

ललितपुर : केन्यासँगको क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली भदौ ६ गते केन्या प्रस्थान गर्ने भएको छ । घरेलु टोली केन्यासँगको टी–ट्वान्टी र एकदिवसीय सिरिजका लागि नेपाली टोली २२ अगष्टमा केन्याको नैरोबी जाने भएको हो ।

नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले केन्याका लागि चार वैकल्पिकसहित २० खेलाडी त्यसतर्फ जाने जानकारी दिए। 

नेपालले केन्यासँग पाँच खेलको टी–ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज केन्याको राजधानी नैरोबीमा खेल्नेछ ।  

नेपालले सुरुआतमा पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी–ट्वान्टी भदौ ८ गते हुनेछ। दोस्रो ९, तेस्रो ११ र चौथो १२ गते हुने तालिका छ।

यस्तै अन्तिम टी–ट्वान्टी भदौ १३ गते हुनेछ। लगत्तै नेपालले ३ खेलको एकदिवसीय सिरिज पनि खेल्नेछ। पहिलो एकदिवसीय भदौ १७ गते, दोस्रो १८ र अन्तिम एकदिवसीय २० गते हुनेछ ।

केन्या भ्रमणका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। टोलीमा कप्तान लामिछानेसहित उपकप्तान रोहित पौडेल, विकेट किपर आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, देव खनाल, आदिल आलम र करण केसी छन्।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेको टिममा सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद , पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव पनि छन्।  यस्तै जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाह चार जनालाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।

नियमित टिममा पर्दै आएका विकेट किपर विनोद भण्डारी र ब्याट्सम्यान कुशल भुर्तेल अटाएका छैनन् । युवा विकेट किपर अर्जुनले भने  पहिलो पटक टोलीमा परेर केन्यासँग डेब्यु गर्दैछन्।

प्रभाकर शुक्रबार आउने तयारी 
नेपाली टोली भर्खरै मात्र क्यानले नियुक्त गरेको मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा निस्कनेछ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार राष्ट्रिय क्रिकेट टिमका  मुख्य प्रशिक्षक मनोज प्रभाकर १२ अगष्ट अर्थात् साउन २७ मा नेपाल आइपुग्ने छन्। 

पासपोर्टको प्रक्रिया मिलाउन बाँकी रहेकाले उनी नेपाल आउन ढिलो भएको हो। कार्यवाहक सचिव मल्लका अनुसार उनी आउने भनिएको त्यो दिन रक्षाबन्धन पर्पव परेकाले मिति परिवर्तन हुन पनि सक्छ।

यसअघिका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साताअघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई एक वर्ष सम्झौतामा नियुक्त गरेको हो ।

भारतका पूर्व अलराउण्डर प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । भारतको रणजी ट्रफी विजेता प्रशिक्षक समेत रहेका उनले अफगानिस्तानको बलिङ प्रशिक्षक भएर काम गरिसकेका छन्।

उनले दिल्लीसँगै राजस्थान र यूपी क्रिकेट एसोसियनको प्रशिक्षक भएरसमेत काम गरेका थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP