Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विश्वकप फुटबल एकदिन अगावै सुरुवात गर्ने प्रस्ताव

काठमाडौं : विश्व खेलकुदकै सर्वाधिक लोकप्रिय  प्रतियोगिताको रुपमा रहेको विश्वकप फुटबल प्रतियोगिता निर्धारित मिति भन्दा एकदिन अघिबाट सुरुवात गरिने संभावना प्रबल बनेको छ।

कतारले फिफासँग प्रतियोगिताको उद्घाटन एक दिन अघि गर्न स्विकृत मागेको समाचार संस्था रोयटर्सले जनाएको छ। स्रोतलाई उदृत गर्दै रोयटर्सले आयोजक देश र फिफाबीच  सहमति भएको र अब ६ महादेशीय प्रमुखसँग सहमति पछि आधिकारिक निर्णय सार्वजानिक गरिने जनाइएको छ। पूर्वनिर्धारित तालिकाअनुसार कतार र इक्वेडरबीचको विश्वकप उद्घाटन खेल २१ नोभेम्बर (५ मंसिर) हुने कार्यतालिका रहेको थियो।

तर फिफाको तालिका अनुसार विश्वकपको उद्घाटन अघि समूह ‘ए’ अन्तर्गत सेनेगल र नेदरल्यान्ड्स  र समूह ‘बी’ अन्तर्गत इङ्ल्यान्ड र इरानबीचको खेल हुने कार्यतालिका थियो। अर्थात् २१ नोभेम्बरको ३:४५ मा सेनेगल र नेदरल्यान्ड तथा ६:४५ इंग्ल्यान्ड र इरानबिच खेल हुने कार्यतालिका रहेको थियो। त्यसपछि उद्घाटन समारोह सुरु गरेर कतार र इक्वेडरबीच ९:४५ मा खेल हुने कार्यतालिका रहेको थियो।

तर  विश्वकप फुटबल जस्तो महत्वपुर्ण प्रतियोगिताको उद्घाटन खेलअघि दुईवटा खेल निर्धारित हुनु असामान्य भन्दै आलोचना भएको थियो। सामान्यतः ठूला खेलकुद प्रतियोगिताको उद्घाटन खेलअघि अन्य खेलहरु हुँदैनन्।

त्यसैले आयोजक कतारले फिफाको नेतृत्वसँग उद्घाटन समारोह र आयोजक देशको खेल आइतबार २० नोभेम्बरमा गर्नका लागि सहमति गरेको जनाइएको छ।

कतारको यो प्रस्तावमा फिफाका ६ महादेशीय संघका प्रमुख र अध्यक्ष जियान्नी इन्फान्टिनोले सहमति जनाउनुपर्ने छ। छोटो समयमा गरीएको यो प्रस्तावमा सहमति हुने संभावना बलियो रहेको जनाइएको छ। जसका कारण प्रतियोगिता एकदिन अघि नै सुरु हुने संभावना बलियो बनेको हो।

ढिलै गरी प्रस्ताव गरिए पनि यसमा सबैको सहमति हुने अनुमान गरिएको छ। उद्घाटनको दिन निर्धारित तीनमध्ये एक खेल अघिल्लो दिन सारिँदा अन्य खेलहरु निर्धारित समयमै हुनेछन्।  यो निर्णय बिहीबारसम्म हुने सम्भावना छ। पूर्वनिर्धारित मितिअनुसार टिकट र होटलको बन्दोबस्त गरेकाका लागि पनि कुनै समस्या नबनाउने कतारले आश्वास्त पारेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP