Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अफगानिस्तानसँगको दोस्रो टी-२० क्रिकेटमा पनि आयरल्यान्ड विजयी

काठमाण्डाै – अफगानिस्तानसँगको दोस्रो टी-२० क्रिकेट पनि आयरल्यान्डले जितेको छ । गएराति भएको खेलमा आयरल्यान्ड ५ विकेटले विजयी भएको हो ।

जितका लागि अफगानिस्तानले दिएको १ सय २३ रनको लक्ष्य आयरल्यान्डले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर  १ सय २५ रन जोड्दै भेट्टायो ।

आयरल्यान्डका लागि कप्तान एण्डी बालबिर्नीले सर्वाधिक ४६ रन जोडे । यस्तै, लार्कन टकिरले २७, जर्ज डकरेलले २५ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबीले २ विकेट लिए भने मुजिब उर रहमान, फाजलहक फारुकी र नभिन उल हकले एक/एक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि हशमातुल्लाह शहिदीले ३६, इब्राहिम जार्दनले १७ र अजमुताल्लाह ओमरजाइले ११ रन जोडे । आयरल्यान्डका जोश लिटल, मार्क एदैर, करटिस् क्याफर र ग्रेथ डिलानेले २–२ विकेट लिए । पहिलो खेलमा पनि आयरल्यान्ड ७ विकेटले विजयी भएको थियो । यी दुईबीचको तेस्रो खेल आज हुँदैछ ।

५ खेलको टी–२० शृङ्खला खेल्न अफगानिस्तान आयरल्यान्डको भ्रमणमा रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP