Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर नेपाल आइपुगे

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन्। मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ नेपाल आइपुगेका हुन्। उनलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साताअघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको जनाएको छ। 

प्रभाकरले नेपाललाई प्रतियोगितात्मक रूपमा केन्याविरुद्धको खेलबाट औपचारिक रूपमा सम्हाल्ने छन्। नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणमा निस्कने कार्यतालिका रहेको छ। केन्यामा रहँदा नेपालले पाँच खेलको टी–२० सिरिज र तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ। 

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन्। प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरे पनि पहिलो पटक कुनै अन्तराष्ट्रिय फुल टिम समाल्न लागेका हुन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP