Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कार्यतालिका सार्वजनिक

कास्की : गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ।

परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो। परिषद्ले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषद्का सदस्य एवं प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए। पहिलो चरणमा १४ खेललाई विशेष प्रशिक्षणसहित सोझै छनोट गरिने छ भने २२ खेलको जिल्ला छनोट हुनेछ। 

परिषद्ले पहिलो चरणमा आगामी भदौ ३ गतेदेखि १४  खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन गर्ने निर्णय गरेको छ। यसैगरी २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी छन्।  

यसैगरी अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता आगामी भदौ ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ। विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट गर्न तालिका तय गरिएको संयोजक क्षेत्रीले बताए। भदौ १५ गते भव्य कार्यक्रमबीच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’को रूपमा ‘ब्राण्डिङ’ गरी अघि बढाउने परिषद्ले जनाएको छ। 

यही भदौ १५ गते देखि सुरु हुने अन्तिम छनोटमा २२ खेलका लागि तीन हजारभन्दा बढी खेलाडी पोखरा आउने छन्। आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल समावेश गरिएको छ। गण्डकीबाट ३८ खेलमा सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने छन्।

छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP