Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेदरल्यान्डसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको जित

काठमाण्डाै – घरेलु टोली नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो एकदिवसीयमा नेदरल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले शृङ्खला २–० ले जितेको हो ।

घरेलु टोलीले दिएको १ सय ८७  रनको लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका मोहम्मद रिजवान, बाबर अजाम र आगा सलमानले अर्धशतकीय पारी खेले । रिजवानले अविजित ६९ रन बनाए ।

त्यस्तै कप्तान बाबरले ५७ र सलमानले अविजित ५० रन बनाए । नेदरल्यान्डका भिभिएन किङ्ग्माले २ तथा आर्यान दत्तले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्डले ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ८६ रन बनाएको थियो । उसका बास डी लिड र टम कुपरले अर्धशतकीय पारी खेले । लिडले ८९ तथा कुपरले ६६ रन बनाए ।

पाकिस्तानका हरिस रउफ तथा मोहम्मद नवाजले समान ३/३ विकेट लिए । नसिम साहले २ तथा सादव खान र मोहम्मद वासिमले समान १/१ विकेट लिए । पहिलो खेलमा पाकिस्तान १६ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतवार हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP