दमौली : गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ।
जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी प्रतियोगिताका लागि खेलाडी छनोट गर्नेसमितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनोट गर्ने उनको भनाइ छ।
भदौ ९ गते उसुको घिरिङमा, भदौ ९ गते बक्सिङको खैरेनीटारमा र भदौ ९ गते नै क्रिकेटको निर्मल माविमा खेल सञ्चालन गरिने जनाइएको छ। त्यस्तै भदौ १० गते फुटबल, भलिबल , व्याडमिन्टन, एथलेटिक्स, कबड्डीको दमौली र तेक्वान्दोको खैरेनीटारमा खेल सञ्चालन गरिनेछ ।
भदौ ११ गते भलिबल, बास्केटबल, टेबल टेनिस, बुद्धिचाल, र कराँतेको दमौलीमा, आईटीएम तेक्वान्दोको भिमाद र फुल कन्ट्याक्ट कराँतको शुक्लागण्डकीमा खेल सञ्चालन हुने कार्यतालिका सार्वजानिक गरिएको छ ।
करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको खेलकुद प्रतियोगिता आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो ।
राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया