Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दर खाँदा अपनाउनुपर्ने सावधानीबारे डा. क्षेत्रीका सुझाव

पर्वत :नेपाली हिन्दु महिलाको महान् पर्व तीजको दर खाने दिन भदौ १३ गते मुखैमा आउन लागेको छ। केही वर्ष पहिलेसम्म ‘दर खाने दिन’मा दर खाने प्रचलन थियो। अहिले समय पहिलेको जस्तो छैन।

दर खानका लागि ‘दर खाने दिन’ कुरिरहनु पर्दैन। ‘दर खाने दिन’मा खाइने घ्यू हालेको भात, खीर, घिरौला र तामाको तरकारी, दूध, दही, फलफूल, अचार लगायतका खाने कुरा खाइन्थ्यो। समय बदिलएको छ‚ आजभोलि यस्ता सात्त्विक खानाको स्थान तामसी भोजनले लिएको छ।

हरिया सागपात, फलफूल, दुग्धजन्य पदार्थको स्थान माछा, मासु र मदिराले लिएका छन्। दर खानका लागि भनेर होटलमा आयोजना गरिने हुन् वा घरमै भेला भएका वेला किन नहून् कहीँ खुलेर र त कहीँ लुकाएर मदिराले ठाउँ लिन थालेको छ।

अघिपछि सामान्य खानपानले काम चल्ने हामीलाई यो वेला सबैको निमन्त्रण मान्नै पर्ने पनि हुन्छ। जसका कारण शरीरको क्षमताभन्दा धेरै खाना र खानाकै कारण विरामी परेका पनि देखिन्छन्।

तीजको दर खाँदा खानामा कसरी ध्यान दिने? हामीले खाने खाना कस्ता हुनुपर्छ? खानामा समस्या देखिएमा तत्कालका लागि गर्न सकिने के हो? लगायतका विषयमा थाहाकर्मी सञ्जय रेग्मीले बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ रहेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एम.डी.जी.पी. चिकित्सक डा. डिलबहादुर क्षेत्री (डिबी) सँग कुराकानी गरेका छन्। प्रस्तुत छः कुराकानीको सम्पादित अंश।

तीजको दर खाँदा सामान्यतया के के कुरामा ध्यान दिनु आवश्यक छ?
यो वेला खानामा चिल्लोको मात्रा बढी प्रयोग गर्ने गरेको देखिन्छ। मासुका परिकारमा पनि बोसोको मात्रा उत्तिकै हुने गरेको छ। बोसो नै नभए पनि पाएका वेला धेरै मासु खाइदिने बानी हुन सक्छ।

यसमा आफ्नो शरीरको अवस्था के छ? आफूमा रहेका स्वास्थ्य समस्याहरू के के हुन्? र आफूले खाएका कुरा स्वास्थ्यमा हानि गर्ने हुन् कि होइनन् भन्ने बुझेर मात्रै खाना खानुपर्छ।

चिल्लो, बोसो, दूध, घ्यू, दही, लगायतका खानाका सेवन बढी भएमा त्यसले गर्ने असर के हो?
तीज होस वा दशैँ, तिहार होस् वा अन्य कुनै। हाम्रो शरीरको पाचन प्रणालीले विशेष अवसरमा खाएको खाना पचाइदिन्छु भनेर काम गर्ने होइन। उसले काम गर्ने आफ्नै प्रणाली हुन्छ। त्यो प्रणालीले जति काम गर्न सक्ने हो त्योभन्दा बढीको काम उसले गर्दैन। यदि हामीले जबरजस्ती काम लगायौँ भने ओभर लोड भएजस्तै हो।

चिल्लो, बोसो, अमिलो बढी हुँदा त्यो खाना अपच हुन्छ। शरीर भारी महसुस हुने, थकान अनुभव हुने, शरीरमा तागत नआउने हुन्छ। उच्च रक्तचाप भएको मानिसमा चिल्लोले झनै छिटो असर देखाउँछ।

पहिले नै शरीरमा बोसोको मात्रा बढी भएको अवस्थामा बोसो खाँदा त्यसको मात्रामा घटबढ हुन्छ। धेरै माछा मासु सेवन गर्दा मिर्गौलामा पनि चाप बढी परेको हुन्छ।  

दरमा धेरै परिकार तयार पारेर एकैपटक खान उपलब्ध हुन्छन्। कतिपय खाना एकैपटकमा खान नहुने भन्ने पनि चिकित्सकबाट सुनिन्छ नि!

फुड पोइजनिङको कुरा आउने नै यहीँनेर हो। यौगिक अभ्यासमा पनि के भनिन्छ भने दुग्धजन्य र मासुजन्य पदार्थहरू एकैपटकमा खानु हानिकारक हुन्छ भनिन्छ। यिनीहरूले बोकेको इनर्जी नै फरक फरक हुन्छ। मासुको सेवनपछि दहीको सेवन त मिल्छ तर दूधको सेवन गर्नु हुँदैन।

यदि सेवन गरेमा अपच हुने, पेट दुख्ने, बान्ता हुने लगायतका समस्या देखा पर्न सक्छन्। यसैलाई नै हामी फुड पोइजनिङ भन्छौँ। जब हामीले खाएको खानाले शक्ति नदिएर विषको रूपमा काम गर्न थाल्छ हामी विरामी हुन्छौँ। यो समस्या हटाउन फलफूल, सागपात, मौसम अनुसारका फलफूलको सेवन बढी गर्न सकिन्छ। सकेसम्म माछामासुका परिकार कम गर्दा नै राम्रो।

 फुड पोइजनिङ भइहाल्यो भने बजारमा त स्वास्थ्य संस्थामा जालान्, गाउँका मान्छेले के गर्न सक्लान्?

फुड पोइजनिङमा निरन्तर बान्ता हुने हुन सक्छ। प्राथमिक उपचार नथाल्ने वेलासम्म अरू कुनै प्रकारका खानेकुराहरू सेवन गर्नु हुँदैन। पाइन्छ भने अलिकति जीवनजल पिउन सकिन्छ। यदि जीवनजल उपलब्ध छैन भने चिनीपानीको घोल बनाएर सेवन गर्न सकिन्छ।

अन्य कुनै झेलिला पदार्थ वा थोरै नुन राखेको पानी पनि पिउन मिल्छ। यो सेवन गर्दा पनि तारन्तार बान्ता भइरहेमा उपचारको काम थाल्नुपर्छ। त्यसपछिको अवस्थामा सलाइन पानी चढाउनुपर्ने हुन्छ। अस्पताल नै जानुपर्छ।

गाउँघरतिर अहिले पनि दरको रूपमा बाँसको तामाको अमिलो अचार खाने प्रचलन छ। त्यो तामा खानु कति उपयुक्त हुन्छ?

कागतीको अमिलो खाने हो भने त त्यसले स्वास्थ्यलाई फाइदा गर्छ। पाचन प्रणालीमा पनि सहयोग गरेको हुन्छ तर लामो समयसम्म बट्टामा राखिएका अमिला खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुन्छन्। कलिलो र ताजा छ भने त असर गर्ने खालको हुँदैन।

तर फेरि पेटको समस्या भएका, ग्यास्टिकका कारण समस्यामा रहेकाहरूको लागि तामाको परिकार उपयुक्त हुँदैन। 

अघिल्लो दिनसम्म अटेसमटेस गरी खाने अनि भोलिपल्टै दिनभर भोकै बस्ने गर्दा स्वास्थ्यमा कुनै समस्या आउँछ?

यो चली आएको चलन हो, हाम्रो संस्कृति हो। अघिल्लो दिनसम्म गरिष्ठ भोजन गरेपछि दबाबमा परेको पेट र पाचन प्रणालीका लागि भोलिपल्टको व्रतले वैज्ञानिक रूपमा नै राम्रो काम गर्छ।

अघिल्लो दिनमा पेटभरि खाएर भोलिपल्टको व्रत राम्रो छ तर आजभोलि दर अघिल्लो दिन मात्रै कहाँ खाइएको छ र? १०-१५ दिन अगाडिबाटै गरिष्ठ भोजन गरेको देखिन्छ। पाएका वेला जति पनि खाने अनि केही दिन केही समय नखाने गर्नु भन्दा पहिले नै अड्कलेर खाना खाएमा मानिस विरामी हुँदैन।

व्रत बस्नुले खाएको खानाका लागि राम्रो हुन्छ तर खाली पेट बस्दा समस्या देखिने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले विचार गर्नुपर्छ।

 लगातार धेरै दिनसम्म गरिष्ठ भोजन गर्दा स्वास्थ्यमा तत्कालीन आउन सक्ने समस्या के के हुन सक्छन्?

सबैभन्दा पहिले हामीले हाम्रो पाचन शक्ति सीमित हुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ। यो कुरा बेवास्ता गरी हामीले यसरी खाइदिन्छौँ कि त्यो सीमित शक्तिले प्रेसर थाम्नै सक्दैन। जसका कारण पेटमा बढी असजिलो हुने, कब्जियतको समस्या हुने, खुलेर दिशा नहुने, डम्म पेट फुल्ने लगायतका समस्या आउँछन्।

 पछिल्लो समयमा दर खाँदा मादक पदार्थको सेवन पनि बढेको छ नि!

मादक पदार्थ सेवनको बारेमा त चिकित्सकको रूपमा के बताउनु पर्ला र? हाम्रो समाज कता गइरहेको छ, हामीले के गरिरहेका छौँ भन्ने कुरा हामी सबैका आँखा अगाडि प्रस्ट छन्। पछिल्लो समयमा आएका धेरै अध्ययनले थोरै होस वा धेरै जति भए पनि मादक पदार्थ सेवन हानिकारक नै हो। त्यसमा पनि मदिराको साथमा माछामासुको परिकार धेरै खाने चलन छ।

त्यसले झनै असर गर्छ। मदिरा खानै हुँदैन, खाइहालेमा पनि मासुजन्य पदार्थ खानु झनै राम्रो होइन। मासुको सट्टामा फलफूल, सागपात लगायत खानु राम्रो हुन्छ। मदिरा सेवनले तत्कालीन रूपमा होस गुमाएर विभिन्न घटना र दुर्घटना हुने गरेको हामीले देखेकै छौँ।

दीर्घकालीन रूपमा पनि शुरुमा कलेजोमा असर पार्छ। कलेजोमा बोसो थिग्रिएर पछि कलेजो फुलेर काम गर्न नसक्ने अवस्थामा पुग्छ। मिर्गौला र मस्तिष्कमा पनि अरू समस्या थपिँदै जान्छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP