Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बंगलादेशलाई हराउँदै अफगानिस्तान एसिया कपको सेमिफाइनलमा

एजेन्सी । अफगानिस्तानले एसिया कप टी–२० क्रिकेट अन्तर्गत समूह बी मा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ।

मंगलबार यूएईको सारजहाँमा भएको आफ्नो दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो।

लगातार दुई जितसँगै अफगानिस्तान एसियाकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम समेत बन्यो। अब समूह बि बाट दोस्रो टिमको टुंगो श्रीलंका र बंगलादेश बिचको खेलले लगाउने छ।

मंगलबार टस जितेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले अफगानिस्तानलाई १२८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा अफगानिस्तानले ९ बल बाँकी हुँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

जवाफी इनिङमा अफगानिस्तानका लागि नजिवुल्लाह जाद्रानले १७ बला १ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ४३ रनको अविजित इनिङ खेल्दा इब्राहिम जाद्रानले ४१ बलमा ४२ रन बनाए। यी दुईबीच चौथो विकेटका लागि ६९ रनको अविजित साझेदारी भएको थियो।

त्यस्तै हज्रतुल्लाह जजाईले २३ रन बनाउँदा रहमनुल्लाह गुर्वाजले ११ रन बनाएका थिए। बंगलादेशका लागि शकिब अल हसन, मोसादेक होसेइन र मोहमद साइफुदिनले समान १–१ विकेट लिएका थिए।

त्यसअघि अफगानी बलरसामु निरीह देखिएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो। बंगलादेशका लागि साडेक होसाइनले ४८ रन बनाउँदा ममुदुल्लाहले २५ रन बनाएका थिए।

महेदी हसनले १४ रन बनाउँदा अफिफ होसेनको १२ र कप्तान शकिब उल हसनको ११ रन रह्यो। कसिलो बलिङ गरेका अफगानिस्तानका लागि मुजिब उर रहमान र रसिद खानले समान ३३ विकेट लिएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP