Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गण्डकी प्रदेशस्तरीय बास्केटबलमा पर्वत विजेता

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालक्षित गण्डकी प्रदेश स्तरीय बास्केटबल प्रतियोगितामा पर्वत जिल्लाले उपाधि चुमेको छ। 

गत भदौ १७ गतेदेखि पोखरामा सुरु भएको बास्केटबल तर्फको प्रतियोगितामा म्याग्दीलाई पछि पार्दै जित हात पारेको पर्वतको समूहका व्यवस्थापक कृष्ण पुनले बताए।

प्रतियोगितामा म्याग्दी दोस्रो, कास्की तेस्रो र स्याङ्जा सान्त्वना स्थान हात पारे।  पर्वतबाट बास्केटबलमा एन्जल गर्वुजा, बबिन गर्वुजा, केशव खोर्जा, डीमन शेर्पुन्जा, सुजन शेर्पुन्जा, विकास शेर्पुन्जा, जीवन पुर्जा, सनम पुर्जा र प्रदीप पाइजाले सहभागिता जनाएका थिए। 

विजेता खेलाडीलाई आइतबार साँझ पर्वतको पुन युवा क्लबले बाजागाजा सहित बधाइ तथा सम्मान गरेको छ। पर्वतले पहिलो पटक बास्केटबलमा प्रदेशस्तरीय उपाधि पाएकाले त्यसको खुसीमा जिल्ला समन्वय समितिका उपप्रमुख सोम जिसी सहितको सहभागितामा कार्यक्रम गरिएको हो। 

पर्वतका खेलाडी म्यानेजर कृष्ण पुनले खेलाडी तथा व्यवस्थापकीय पक्षको अथक मिहिनेतका कारण  पर्वतले इतिहासमै पहिलो पटक खेल जित्न सकेको बताए।

जिल्ला बास्केटबल संघ पर्वतका अध्यक्ष तथा कोचका रूपमा प्रतियोगितामा पुगेका मिलन पाइजा पुन मगरले सातौँ र आठौँ प्रतियोगितामा आफै खेलाडी भएर जाँदाको अनुभवको आधारमा खेलाडीलाई कडा मिहिनेत गराएर प्रतियोगितामा सहभागी गराएको बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP