Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

४.२९ अंकले घट्यो परिसूचक, कारोबार रकम करोडमा झर्‍यो

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ। आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक सोमबार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ।

आइतबारको कारोबारमा १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ९० करोड बराबरको मात्रै कारोबार भएको छ।

सोमबार नेप्सेका १३ उपसमूह मध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ। जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ। तर यता अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र  वित्तको ०.५९ प्रतिशत घटेको छ।

सोमबार नेप्से सामान्य अंकले घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ७.४३ प्रतिशत बढेको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। तर यता रुरु जलविद्युत परियोजनाको ६.५५ घटेको छ। सोमबार रिडी पावर कम्पनीको ९ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP