Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एसियन कप छनोट : बङ्गलादेशसँग ३–० गोलले पराजित नेपाल जितविहीन

काठमाण्डाै – २० वर्षमुनिको एसियन कप छनोटमा नेपाल जितविहीन भएको छ । गएराति भएको लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएपछि नेपाल जितविहीन बनेको हो ।

बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक/एक गोल गरे । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा भएको खेलमा नेपाल ९ र बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।

खेलको २६औँ मिनेटमा नेपालका डिफेन्डर अजय चौधरी र ३५औँ मिनेटमा कप्तान आयुष घलानले रातो कार्ड पाए । बङ्गलादेशका अजिजुल हक एनान्टोले दोहोरो पहेँलो कार्ड पाएपछि बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।

समूह चरणमा नेपालको लगातार चौथो हार हो । हारसँगै समूह ‘बी’ मा रहेको नेपालले अङ्कविहीन रहँदै समूहको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । पहिलो खेलमा नेपाल भुटानसँग, दोस्रो खेलमा कतारसँग र तेस्रो खेलमा आयोजक बहराइनसँग पराजित भएको थियो । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछ ।

तस्बिर : एन्फा 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP