Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इङ्ग्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा पाकिस्तानको कीर्तिमानी जित : इङ्ग्ल्यान्ड १० विकेटले पराजित

काठमाण्डाै – इङ्ग्ल्यान्डसँगको दोस्रो टी–२० क्रिक्रेटमा घरेलु टोली पाकिस्तानले कीर्तिमानी जित निकालेको छ । गएराति भएको खेलमा पाकिस्तान १० विकेटले विजयी भयो ।

इङ्ग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा विना विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका मोहम्मद रिजवान र बाबर अजामले अविजित २ सय ३ रनको साझेदारी गरे । कप्तान बाबर अजामले ६६ बलमा ५ छक्का र ११ चौकासहित १ सय १० रनको शतकीय पारी खेले ।

टी–२० मा यो उनको दोस्रो शतक हो । त्यस्तै रिजवानले ५१ बलमा ५ चौका र ४ छक्कासहित ८८ रनको अर्धशतकीय पारी खेले । कराचीमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली इङ्ग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । उसका कप्तान मोइन अलिले अविजित ५५ रनको अर्धशतकीय पारी खेले ।

पाकिस्तानका हरिस राउफ र शाहनवाज दहानीले समान २/२ तथा मोहम्मद नवाजले १ विकेट लिए । पाकिस्तानको टी–२० क्रिकेटमा १० विकेटको जित यो दोस्रो पटक हो । यसअघि टी–२० विश्व कपमा पाकिस्तानले भारतलाई हराएको थियो ।

टी–२० क्रिकेटमा कुनै पनि विकेट नगुमाइ पूरा भएको यो सर्वाधिक ठूलो लक्ष्य समेत हो । जितसँगै ७ खेलको टी–२० शृङ्खलामा एक/एकको बराबरी भएको छ । पहिलो खेलमा इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो। इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो टी–२० खेल शुक्रवार हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP