Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अस्ट्रेलियाविरुद्धको सिरिज भारतले जित्यो

काठमाडौं : भारत र अस्ट्रेलियाबिच जारी तीन खेलको टी-२० सिरिज  घरेलु टोली भारतले ३-१ ले कब्जा गरेको छ। आइतबार राति हैदराबादमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै ९ वर्षपछि घरेलु मैदानमा सिरिज जितेको हो।

भारतको जितमा सूर्यकुमार यादव र विराट कोहलीले विष्फोटक ब्याटिङ गर्दै टिमको जित निश्चित गरेका थिए। घरेलु मैदानमा भारतले अस्ट्रेलियालाई २०१३ पछि पहिलो पटक हराएको हो।

खेलमा अस्ट्रेलियाले टस हारेर पहिलो ब्याटिङ गर्दै १ सय ८६ रन  बनाएको थियो। जवाफमा उक्त लक्ष्य भारतले १ बल बाँकी हुँदा ४ विकेट गुमाएर पुरा गर्‍यो। भारतको जितमा  सूर्यकुमार यादवले ३६ बलमा ६९ रन बनाउँदा विराट कोहलीले ४८ बलमा ६३ रन बनाए। त्यस्तै हार्दीक पाण्ड्य २५ रनमा नटआउट रहँदा कप्तान रोहित शर्माले १७ रन बनाएका थिए। अस्ट्रेलियाका लागि डेनियल सम्सले २ विकेट लिँदा जोस ह्याजलवुड र प्याट कमिन्सले १-१ विकेट लिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले ५२ रन बनाउँदा टिम डेभिडले ५४ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै ड्यानियल सम्सले २८ रन बनाएका थिए। भारतका लागि अक्षर पटेलले ३ विकेट लिए भने भवनेश्वर कुमार, युजभेन्द्र चाहल, हर्षल पटेलले समान १-१ विकेट लिएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP