Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पहिलो टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई हरायो

काठमाण्डाै – भारतले पहिलो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । भारतका केएल राहुलले अविजित ५१ रन र सूर्यकुमार यादवले पनि अविजित ५० रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्मा शून्य र विराट कोहली ३ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका कागिसो राबडा र एन्रिच नोर्कियाले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका केशव महाराजले ४१ रन बनाए ।

त्यस्तै एडिन माक्र्रम २५ तथा वायने प्रनिलले २४ रन जोडे । भारतका अर्शदीप सिंहले ३ तथा दीपक चाहर र हर्सल पटेलले २/२ विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतवार तथा तेस्रो खेल मङ्गलवार हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP