Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दक्षिण अफ्रिकाविरुद्धको सिरिज भारतले एक खेल अगाबै जित्यो

काठमाडौं :  घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ।

आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो।​ गुवाहाटीमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै क्विन्टन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ खेल्दा एडिन मार्क्रमले ३३ रन बनाए।

भारतका अर्शदिप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो। भारतका सूर्यकुमार यादवले ६१ तथा केएल राहुलले ५७ रनको अर्धशतकीय इनिङ खेले। विराट कोहलीले अविजित ४९ रन बनाउदा कप्तान रोहित शर्माले ४३ रन बनाए।

दक्षिण अफ्रीकाका केशव महाराजले २ विकेट लिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP