Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दशैंमा उमेर अनुसार कसले कति मासु खाने ?

काठमाडौ: दशैंंमा धेरैको भान्छामा विभिन्न प्रकारका मासुको परिकारहरु पाक्ने गर्छ। दशैंंलाई मासुको परिकार खाने पर्वको रूपमा पनि लिइन्छ। तर चाड पर्व भनेर काम शरीरलाई शक्रिय नबनाइ बिहान देखि बेलुका सम्म घरमै बसेर मासुका परिकार खाने गर्दा तत्कालिन रुपमा मासु नपच्ने र पेट दुख्ने पखला लाग्ने र दिर्घकालीन रुपमा शरीरको तौल अनावश्यक बढ्नुका साथै, ग्यास्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो। त्यसैले पर्वको रुपमा मासुका परिकार खादा विशेष सावधानी अपनाउनु पर्छ।

सजिलै पच्ने गरी मासु कसरी खाने  

दशैंं भन्ने वित्तिकै सबैको घरमा खसीको मासु खाने प्रचलन छ। आफ्नो घरमा मात्रै होइन आफन्तकोमा जादा पनि मासुकै परिकार दिने प्रचलन छ। यसरी विहान देखि बेलुकी सम्म मासुको परिकार खादा शरीरले पचाउ नसक्ने पनि हुन्छ। सजिलै संग मासु पचाउने गरी खान सकेसम्म भुटेको सुख्खा परिकारको मासु खानु भन्दा झोलिलो मासु खानु पर्छ।

अझै मासुको परिकार सँगसँगै हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ जसले गर्दा मासु पचाउन सहयोग गर्छ। शहरमा मात्रै नभएर गाउँघरमा पनि आजभोली मासु संगै बजारमा पाइने कोल्डड्रिक्सहरु खाने प्रचलन छ तर सकेसम्म मासु संग यस्ता परिकार भन्दा दहीमोही र कागती तुलसी तथा विभिन्न प्रकारका फलफूलको जुस खानु राम्रो हुन्छ। मासुको परिकार खादा सकेसम्म खसीको अर्थात् रातो मासु भन्दा कुखुरा,माछा खाँदा राम्रो हुन्छ।

सकेसम्म ताजा मासु खादा राम्रो हुन्छ। दशैंमा शहरमा फ्रिज तथा गाउँघरमा भुटेर तथा विभिन्न तरिकाले धेरै दिनसम्म राखेर मासु खे प्रचलन छ। तर यसरी मासु खादा विभिन्न संक्रमण हुने हुँदा सकेसम्म सफा र ताजा मासु खानु राम्रो हुन्छ।

उमेर अनुसार कति मासु खाने?

एउटा वयस्क मानिसले दिनमा २ सय ५० ग्रामसम्म मासु खानु राम्रो हुन्छ। विश्व स्वास्थ्य संगठनले १ केजी तौल भएको मानिसलाई १ ग्राम प्रोटिन आवश्यक हुन्छ भनेको छ। २ सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्रामसम्म प्रोटिन हुने हुँदा दैनिक त्यति मासु खाँदा फाइदाजनक नै हुन्छ। तर मासुको साथ साथै फलफूल, सागसब्जी खानु आवश्यक हुन्छ। यस्तै युवा भन्दा बालबालिकाहरुले धेरै मासु खाएको राम्रो हुन्छ। तर जेष्ठ नागरिकहरुले एकै पटक धेरै मासु खानु राम्रो हुँदैन। वृद्ध उमेरमा शरीरको पाचन क्षमता पनि कम हुँदै गएको हुन्छ।

यस्तो अवस्थामा मासुको परिकार धेरै खादा समस्या निस्कन सक्छ। त्यसैले वृद्धा उमेर समूहका मानिसहरुले रातो मासु भन्दा सकेसम्म सेतो मासु खाने गर्नु पर्छ। यसका साथै मासु भुटेको भन्दा कम बोसो भएको झोल सहितको मासु खाने गर्दा राम्रो हुन्छ।

यसका साथै मधुमेह, उच्च रक्तचाप, किड्नीमा समस्या भएका र कोलस्ट्रोल बढी भएका बिरामीले बोसो नभएको मासु खानु राम्रो हुन्छ। सकेसम्म समयमा सुत्ने र सकभर झोलिलो खानेकुरा, धेरै तेलमा तारेको भुटेको खानेकुरा नखाएको राम्रो हुन्छ।

यस्तै दशैं भन्ने वित्तिकै सबैले मासुको परिकार खानु हुन्छ भन्ने पनि हुँदैन। मासुको परिकार नखानेहरुले गेडागुडीलाइ क्वाटी बनाएर खान सक्नु हुन्छ। राजमा, पनिर, खुवाका विभिन्न परिकार बनाएर खान सक्नु हुन्छ। यी सबै खानेकुरामा मासुमा पाइने प्रोटिन पाइन्छ। त्यसैले यस्ता खानेकुरा खादा पनि सन्तुलितरुपमा खानुपर्छ। सकेसम्म फलफुल र हरियो सागपात खान छुटाउनु हुँदैन।

पोषणविद् प्रा.डा उमा कोइरालासँग गरिएको कुराकानीमा आधारित

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP