Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालले आज थाइल्याण्डसँग खेल्दै

ललितपुर : नेपालले आज बुधबार एएफसी यू–१९ एसियन कप छनोटको पहिलो खेलमा थाइल्याण्डसँग खेल्दैछ। खेल भियतनामको फु थो स्टेडियममा नेपाली समय अनुसार दिउँसो  पौने ३ बजे सुरु हुनेछ।

बलियो टोली थाइल्याण्डविरुद्ध  राम्रो प्रर्दशन गर्दै अंक खोस्ने दाउमा नेपाल रहेको छ। मंगलबारको प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध शत प्रतिशत खेल्दै ३ अंकका लागि खेल्ने बताएका छन्।  हामी पहिलो खेलमै थाइल्याण्डलाई हराएर सुखद सुरुवात गर्न चाहन्छौँ, उनले भने र्,  ‘यो समूहका सबै टिमको स्तर उस्तै खाले भएकाले जित र हार अनिश्चित छ।ु  उनले सबै खेल सजिलो नभए पनि मिहिनेत गरे जित पनि टाढा नरहेको दाबी गरे। 

नेपाली टोलीका कप्तान प्रशान्त लक्समले सबै खेलमा शतप्रतिशत मिहिनेत गरेर नतिजा निकाल्ने बताए। ‘सबै खेलमा उत्कृष्ट नतिजा दिने ध्याउन्नमा छौँ, उनले भने र्,  समान स्तरका टिमहरु भएकाले सानो गल्तिले पनि अंक गुम्ने हुँदा संयमता  अपनाउनेछौँ।’

उता, थाइल्याण्डका मुख्य प्रशिक्षक पिपोब अनमोले समूहका सबै टिम बलिया रहेको दाबी गरे। उनले ती टिमको सामना गर्न आफ्नो टोली तयार रहेको बताए। उनले नेपाली टोलीलाई कमजोर आँक्न नहुने बताए। ‘हाम्रो तयारी राम्रो छ। हामी नेपालको चुनौती थेग्न तयार छौँ, उनले मंगलबारको प्रि–म्याच कन्फरेन्समा भने र्,  नेपाल सजिलो विपक्षी होइन। नेपाली खेलाडीहरु प्राविधिक रुपमा बलिया छन्।’ 

छनोटका लागि सोमबार भियतनाम पुगेको। नेपाली टिम समूह एफमा रहेको छ।  यो समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन्। नेपालले यू–१९ एसियन कप छनोटको दोस्रो खेलमा शुक्रबार आयोजक भियतनाम र आगामी आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP