Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एनएसजेएफ र कोरिया स्पोर्टस प्रेसबिच सम्झौता

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र कोरिया स्पोर्टस प्रेस युनियन  (केएसपीयू) विच खेलकुद पत्रकारिताको विकास लागि आपसी सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ। खेलकुद पत्रकारहरूको क्षमता अभिबृद्धि गर्नेका लागि दुई पक्षबिच सम्झौता भएको हो।

 इटलीको रोममा सम्पन्न अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपीएसको विश्व सम्मेलनमा सहभागि हुन पुगेका मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र एआईपीएसका कोषाध्यक्ष निरञ्जवन राजवंशीले सोहि अवसरमा केएसपीयु बिच बुधवार सम्झौता गरेका हुन्। सम्झौतामा पत्रकार मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी र केएसपीयुका तर्फबाट अध्यक्ष जोङ को याङ ले हस्ताक्षर गरेका थिए।

 सम्झौता अनुसार केएसपीयूले मञ्चले गर्ने विभिन्न कार्यक्रम तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्न आयोजना गरिने प्रशिक्षण कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग गर्ने छ। जस अन्तर्गत अनुसन्धान,  प्रशिक्षण,  छपाई तथा एक्सचेञ्ज प्रोगामहरू रहने जनाइएको छ।

 सहमति पत्रमा हस्ताक्षर गरेपछि मञ्चका अध्यक्ष सुवेदीले मञ्चले आफ्नो सदस्यहरूको क्षमता अभिवृद्धिमा थप कार्यक्रम गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे। उनले सदस्यहरूलाई एक्सचेञ्ज प्रोगाम अन्तर्गत कोरियामा पठाएर समेत खेलकुद पत्रकारीताको क्षमता अभिवृदि गर्न सकिने आधार तयार भएको बताए।

 त्यस्तै, केएसपीयुका अध्यक्ष जोङले मञ्चका गतिविधिबाट प्रभावित भएको भन्दै त्यस्ता कार्यक्रमलाई थप सहयोग पुगोस् भन्ने उदेश्यले हामीले यो सम्झौता गर्न मञ्चलाई नै रोजेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP