Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आजबाट थप ६ वटा खेलका प्रतिस्पर्धा सुरु हुँदै

ललितपुर : नवौं राष्ट्रिय खेलकुदमा बिहीबारबाट थप ६ वटा खेलका प्रतिस्पर्धा सुरु हुँदैछ। बिहीबारबाट गल्फ, फुटबल, भलिबल, हक्की, फुलकन्ट्याक्ट कराँते र बुद्धिचाल प्रतियोगिता सुरु हुनेछन्। गल्फ हिमालयन गल्फ कोर्समा सुरु हुनेछ। यसका  प्रतियोगिता तीन दिन चल्नेछ।

त्यस्तै हक्कीका खेलहरु महिलाको प्रतियोगिता गण्डकी बोर्डिङ स्कुलको मैदानमा र पुरुषको ह्याम्जाको गौरीसंकर खेल मैदानमा गर्ने तयारी छ। तर मैदान तयार नभएका कारण बिहीबार पुरुष हक्की सुरु हुनेमा भने शंका छ।

यस्तै, पुरुषको फुटबल प्रतियोगिता पोखरा रंगशालामा बिहीबार सुरु भएर राष्ट्रिय खेलकुद समापनको दिन कात्तिक ३ गतेसम्म चल्नेछ भने महिला प्रतियोगिता स्याङजाको वालिङस्थित पिएन क्याम्पसको मैदानमा सुरु हुनेछ।

महिला फुटबलको फाइनल भने कात्तिक २ गते पोखरा रंगशालामा हुनेछ। यसैगरी महिला भलिबल म्याग्दीको म्याग्दी खेल मैदानमा हुनेछ। महिला भलिबल कात्तिक २ गतेसम्म चल्नेछ। पुरुष भलिबल प्रतियोगिता भने राष्ट्रिय खेलकुदको शुक्रबार उद्घाटन हुने दिन पोखरा रंगशालामा सुरु हुनेछ। पुरुष भलिबलको स्वर्ण पदकका छिनोफानो कात्तिक ३ गते हुनेछ।  पोखराको प्रदर्शनी हलमा बिहीबारबाट फुलकन्ट्याक्ट कराते  र गोर्खामा बुद्धिचाल  प्रतियोगिता  सुरु हुनेछ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP