Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : आज पोखरामा उद्घाटन

काठमाडौं : गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार औपचारिक रूपमा सुरु हुँदैछ। पोखरा रंगशालामा विशेष समारोह गरी प्रतियोगिताको उद्घाटन हुनेछ। 

अपराह्न ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटन गर्नेछन्। राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले उद्घाटन गर्न लागेका हुन्। उद्घाटन समारोहमा ओलम्पियन टिकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्ने छन्। 
यससँगै मार्चपास, झाँकी प्रदर्शन, गीत, नाचगान लगायतको कार्यक्रम छ। प्रतियोगिताका अधिकांश खेल पोखरा रंगशालामा हुनेछ। प्रतियोगितामा ११ टिमका ६ हजार १५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। 

यस पटक विभागिय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन्। यस पटक ३६ खेलका ४०४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। 

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ । केही खेल सुरु भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP