Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवौँ राष्ट्रिय खेलकुद : कराँते आजदेखि पर्वतमा, ३२ स्वर्णका लागि प्रतिस्पर्धा

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फको ‘इभेन्ट’ पर्वतको कुश्मामा शनिबार सुरु हुँदैछ। 

पर्वत जिल्ला कराँते संघका संयोजक तथा स्थानीय आयोजक समितिका सदस्य राम श्रेष्ठका अनुसार विभिन्न १९ वटा ‘इभेन्ट’ मा हुने प्रतियोगिताको उद्घाटन खेल शनिवार बिहान आठ बजेका लागि तय गरिएको छ। पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ।

शनिवार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुने छ। काताको सेमिफाइनल र फाइनल खेल दिउँसो २ बजेपछि राखिएको छ। 

असोज ३० गते बिहान ८ बजेदेखि खेल हुने छन्। जसमा महिला ५५ केजी, पुरुष ७५ केजी, महिला ६१ के.जी, र पुरुष ८४ केजी भन्दा माथिको तौल समूह गरी चार वटा खेल हुने छन्। यी समूहको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजेपछि सुरु हुनेछन्। 

असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजीभन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजी भन्दा तल र पुरुष ८४ केजी भन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुने छन्। यी विधाको सेमिफाइनल र फाइनल खेल सोही दिनको दिउँसो १ बजेपछि खेलाउने तयारी छ। 

कात्तिक १ गते महिला ४५ के.जी, पुरुष ५५ केजी, महिला ५० केजी र पुरुष ५० केजी तौल समूह गरेर चार वटा ‘इभेन्ट’ मा खेल हुने छन्। यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउँसो १ बजेपछि हुने छन्। कात्तिक २ गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुने छन्। टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजे सुरु हुने छन्। 

कराँतेका मुख्य सहायक प्रशिक्षक तथा प्रतियोगिताका सदस्य दीपक श्रेष्ठका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश कराँते ५३ औँ राष्ट्रिय कराँते प्रतियोगिता हो। महिला र पुरुषका काता र विभिन्न तौल समूह गरी कुल १९ ‘इभेन्ट’ मा खेल हुनेछ। ती ‘इभेन्ट’ बाट खेलाडीले ३२ स्वर्ण, ३२ रजत  र ६४  कास्य  गरी कुल १२८ पदक प्राप्त गर्नेछन्। 

टिम कुमिते बाहेक तौल समूहमा खेलमा एक ‘इभेन्ट’ मा एक सहभागी समूहको एक जना मात्रै खेलाडी सहभागी हुनेछन्। सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर तीन विभागीय तथा एनआरएनएको एक टोली गरेर ११ समूह खेलमा सहभागी हुँदै छन्। ती समूहबाट २९० खेलाडीले खेल खेल्दै छन्।उनीहरूसहित रेफ्री, र अफिसियल गरेर गरी झण्डै ६०० जना पर्वत सदरमुकाम कुश्मा भित्रिएका छन्। 

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको कराँते खेलमा नेपाल पुलिस क्लब पहिलो र सशस्त्र प्रहरी दोस्रो भएका थिए। तर यो पटक प्रदेशका टोली विभागीय टोलीबाट उपाधि खोस्ने तयारीमा छन्। कतिपय प्रदेशमा खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर पनि सिकाइएको थियो। विभागीय टोली पनि साख जोगाउन बलियो कसरत गर्ने छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP