Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलको सकियो लिग, क्वार्टरफाइनल सोमबारदेखि

म्याग्दी : म्याग्दीको बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल प्रतियोगिताको लिग चरण सकिएको छ। प्रतियोगिता अन्तर्गत लिग चरणको विजेता र उपविजेता ८ टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

आइतबार भएको खेलमा एपिएफले आर्मीलाई र बागमती प्रदेशले मधेश प्रदेशलाई पराजित गरे। बागमतीले २५–६, २५–८ र २५–७ अंकले सहज रुपमा मधेश प्रदेशलाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा सुरक्षित गरेको हो।

सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाली सेनासँग २५–२०, १९–२५, २५–२१ र २५–२३ को जित निकाल्यो। एउटै समूहबाट एपिएफले विजेता र सेनाको त्रिभुवन आर्मी क्लबले उपविजेता हुँदै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन्। आइतबार नै भएको खेलमा एपिएफकी निरुता थकुन्ना र बागमतीकी जेनिसा बिक उत्कृष्ट खेलाडी घोषित भएका छन्।

लिग कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा पहिलो चरणको दुईवटा प्रतिस्पर्धामा पराजित मधेश प्रदेश र कर्णाली प्रदेश लिग चरणबाटै बाहिरिएको जानकारी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले दिए।

सोमबार शुरु हुने क्वार्टरफाइनलमा एपिएफ र लुम्बिनी प्रदेश, बागमती र सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए।

प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP