Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पुरुष भलिबलको स्वर्णका लागि एपीएफ र आर्मी भिड्ने

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको फाइनलमा एपीएफ र आर्मी प्रतिस्पर्धा गर्ने भएका छन्। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मीले पुलिसलाई तथा एपीएफले गण्डकीलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। आर्मीले ३-१ को सेटमा जित निकाल्दा एपीएफले ३-० ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

आर्मीले पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २१-२५ ले गुमाएको थियो। त्यसपछिको दुई सेटमा लगातार दुई सेटमा जित निकाल्दै खेल ३-१ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेट २५-२३ ले जितेको आर्मीले चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पारेकी हुन्।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो र तेस्रो सेट २७-२५ र २५-१२ ले आफ्नो पक्षमा पार्‍यो। एपीएफले स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग बिहीबार खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP