Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सन्दीप एशिया कप खेल्न आज पाकिस्तान जाँदै

११ भदौ, ललितपुर : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्ने भएका छन्। स्पिनर सन्दीप एसिया कपको पहिलो खेल खेल्न आज पाकिस्तानतर्फ जान लागेका हुन्।

१८ वर्षमुनिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एशिया कप खेल्न जाने या नजाने टुङ्गो लागेको थिएन। केही संचार माध्यमले त उनी एशिया कप खेल्न जाने संभावना अत्यन्त कमजोर बनेको लगायतका समाचार दिँदै आएका थिए।

आइतबार जिल्ला अदालत काठमाडौंमा उनी विरुद्धको मुद्दाको पेशी हेर्न नभ्याईनेमा राखेपछि र अर्को पेशी भदौ २१ गतेलाई तोकेपछि उनको एशिया कप यात्रा निश्चित बनेको हो। पाकिस्तान र भारतसँगको खेलपछि मात्रै खेपीरहेको मुद्दाको पेशी परेकाले पनि सन्दीपकोे एशियाकपमा खेल्न जाने मौका मिलेको हो।

मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाएका सन्दीप नेपाली समर्थकको चाहना र आग्रह तथा टिमको आवश्यकतालाई मध्यनजर गर्दै एशियाकपमा जान लागेको बुझ्न सकिन्छ।

भदौ १३ गतेबाट सुरु हुने एशिया कपमा नेपालले उद्घाटन खेलमै पाकिस्तानसँग उसैको भूमी मुल्तानमा खेल्नेछ। यसपछि उतैबाट श्रीलंका पुगेर नेपालले भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ।

सन्दीप सोमबार विहान करिब साढे ११ बजे कतार एरलाइन्सबाट दोहा हुँदै पाकिस्तानको मुल्तान पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

नेपाली क्रिकेट टोली भने यसअघि नै एसिया कप खेल्न गत मंगलबार पाकिस्तान गएको थियो। त्यत्तिबेला सन्दीप मुद्दाको पेशीका कारण जान पाएका थिएनन्।

नेपाल, पाकिस्तान र भारत समूह ए मा छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ।

यो खेलमा सकारात्मक नतिजा आएर सुपर फोरमा पुगेर खेल्ने मौका मिल्नेछ। यदि नेपालले सुपर फोरमा पुग्ने संभावना देखीएमा सन्दीप नेपाल आएर फेरि २१ गतेको पेशी सकेर पाकिस्तान जान सक्नेछन्।

२ सय विकेटको नजिक

राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट नजिक छन्। एशिया कपका दौरान थप ४ विकेट लिएको खण्डमा उनी अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पूरा गर्ने खेलाडी बन्नेछन्।

उनले एकदिवसीय तथा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अहिलेसम्म १ सय ९६ विकेट लिएका छन्। २३ वर्षीय सन्दीपले ४९ एकदिवसीय खेलमा १ सय ११ तथा ४३ टी–ट्वान्टी खेलमा ८५ विकेट लिएका हुन्

बलिङमा उत्कृष्ट मानिएका सन्दीप पछिल्लो समय ब्याटिङमा पनि जम्न थालेका छन्। २३ वर्षीय सन्दीपले अन्र्तराष्ट्रिय क्रिकेटमा ४ सय २४ रन बनाइसकेका छन्।

५ सय रन बनाउन उनका लागि ७६ रन आवश्यक छ। उनले ४९ एकदिवसीय अन्र्तराष्ट्रिय खेलमा ३ सय ६७ रन बनाउँदा ४४ वटा टि–ट्वान्टि क्रिकेटमा ५७ रन बनाएका छन्।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP