Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रदेश २ मा टेस्ट धेरै कम गतिमा, आइसोलेशन थपिदै

जनकपुरधाम

प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको बेला पीसीआर टेस्ट रोकिएकोछ ।प्रादेशिक अस्पतालमा रहेको पीसीआर मेसिन भरपर्दो नभएकाले संकलित सबै स्वाब काठमाण्डुको टेकु स्थित राष्ट्रिय प्रयोगशालामा पठाउन थालिएको छ ।

संघीय सरकार अन्तरगतको नारायणी अस्पतालमा पीसीआर संकलनका लागि किटको अभाव भएको छ ।किट अभावको कारण स्वाब संकलनमा शिथिलता आएको बताइएको छ ।प्रदेश ५ पछि प्रदेश २ मा नै कोरोना भाइरस संक्रमितहरुको संख्या बढी रहेकोछ ।एउटै पर्सा जिल्लामा ९१ जना संक्रमित छन् ।

प्रादेशिक अस्पतालमा टेकु स्थित राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा.रुना झाले दोस्रो पटक उपलब्ध गराएकी मेसिनपनि भरपर्दो नरहेको प्राविधिकहरुले जनाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय प्रयोगशालामा रहेको ठूलो पीसीआर मेसिन उपलब्ध गराउने तयारी गरेको बेला डा.झाले विवादष्पद बनेको मेसिन ल्याएर राखेकी थिइन् ।त्यसको स्थानीय प्राविधिकहरुले विरोध गरेपनि उनले वेवास्ता गरेकी थिइन् ।

उनलाई स्पष्टिकरण सोधिएकोछ । प्रदेश २ सरकारले खरिद गर्न लागेको २ थान पीसीआर मेसिन बुधवार सम्म आइपुग्ने बताइएको छ ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनकपुरधामको कदमचोक स्थित पशु कार्यालयको प्रयोगशालामा पीसीआर मेसिन जडान गर्ने तयारी मंगलवार सुरु गर्ने बताइएकोछ ।

प्रदेश २ को विभिन्न क्वारेन्टाइनमा गरी ३ हजार ३ सय ६२ जना रहेका छन् ।होम क्वारेन्टाइनमा ४ हजार ८ सय ७३ र आइसोलेशनमा १सय १६ जना छन् ।हाल सम्म ५ हजार ५ सय ८५ जनाको स्वाब संकलन भएकोमा १ हजार ४ सय ३८ जनाको रिर्पोट आउन अझै बाँकी छ ।त्यस मध्ये ४ हजार १६ जनाको निगेटिव र १ सय ३१ जनाको पीसीआर रिर्पोट पोजेटिव आएकोछ ।

धनुषा जिल्लाको नगराइनको गंगुली स्थित क्वारेन्टाइनलाई आइसोलेशन बनाउन थालिएकोछ ।समाजिक विकास मन्त्रालयका अनुसार त्यहाँ आइसोलेशन रहनेछ । जनकपुरधाम उपमहानगरपालिकाले गोपाल धर्मशालालाई पहिलो चरणमा ५० शैय्याको क्वारेन्टाइन बनाउन थालेकोछ ।

क्वारेन्टाइनमा वाईफाई लगायतका आवश्यक सुविधाहरु रहने नगरप्रमुख लालकिसोर साहले जनाए । संक्रमितहरुको संख्या बढन थालेको र भारतको सीमावर्ती क्षेत्रबाट ल्याउन थालिएका नागरिकलाई राख्नुपर्ने भएकाले क्वारेन्टाइनमा बेड थप्नु परेको छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP