Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवराज नगरपालिकाको भवन निर्माण विरुद्ध मुद्धा दायर

सनिउल्ला धोबी
कपिलवस्तु भद्रा १५
कपिलवस्तुको शिवराज नगरपालिकाको भवन निर्माणको विरुद्धमा जिल्ला अदालत कपिलवस्तुमा मुद्धा दायर भएको छ । शिवराज नगरपालिकाको निमार्णधिन भवन गैरकानुनी रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाउन लागेको भन्दै मुद्धा दयार गरीएको हो । स्थानिय हरि प्रसाद पोख्रेल, कृष्ण कुमार चौधरी, मो तोफिक खा, मोहिताव खान, र रविदत्त मिश्रले नगरपालिकालाई विपक्षी बनाई मुद्धा दायर गरेका हुन ।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, शिवराज नगरपालिका मेयर र निमार्ण कम्पनी कैलाश एण्ड कम्पनी प्राली नाममा उनिहरुले मुद्धा दायर गरेका हुन ।
शिवराज नगरपालिका वडा न ५ रहटकोल क्षेत्रमा रहेको वगौचालाई नष्ट गरी भवन बनाउन लागेको भन्दै हरि प्रसाद पोख्रेल, कृष्ण कुमार चौधरी, मो तोफिक खा, मोहिताव खान, र रविदत्त मिश्रले जिल्ला अदालत कपिलवस्तुमा मुद्धा दिएको जनाएका छन ।
स्थानियहरुले निशुल्क जग्गा दिदादिदै पनि गैरकानुनी रुपमा भवनको लागी टेण्डर गर्नु गलत भएको स्थानिय हरि पोख्रेलले वताए । शिवराज नगरपालिकामा विभिन्न समयमा निशुल्क जग्गा उपलव्ध गराउने भन्दै ज्ञापन पत्र वुझाउदा पनि कुनै वास्ता नगरी आफ्नो मनोमानी गरेको आरोप लगाएका छन ।

शिवराज नगरपालिकाको भवन निमार्णको लागी गत वर्षनै जग्गा उपलव्ध गराउने प्रतिवद्धता जनाएका थिए । नगरपालिकाले आफ्नो भवन नभएकोले उक्त क्षेत्रमा भवन निमार्ण गर्न डि पि आर को काम सम्पन्न भएको छ भने ठेक्का कैलाश एण्ड कम्पनी प्राली सग सम्झौता भइसकेको छ । शिवराज नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार १० करोडमा उक्त भवन वन्न लागेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP