Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पुष्पसदन बास्केटबल : ब्राइट होराइजन, राराहिल, स्वर्णीम र सेन्ट मेरिज अन्तिम ४ मा

३ असोज, ललितपुर : तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा गर्ल्स (३×३) तर्फको सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ।

बुधबार कीर्तिपुरस्थित पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा सम्पन्न खेलमा अंकका आधारमा शीर्ष ४ मा रहने टोली सेमिफाइनल पुगेका छन्।

२४ वटा टोलीबाट ब्राइट होराइजन स्कुल चन्द्रागिरी, राराहिल स्कुल कीर्तिपुर, सेन्ट मेरिज स्कुल ललितपुर र स्वर्णीम स्कुल काठमाडौंले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। अब आगामी आइतबार सेमिफाइनलका खेलहरु हुनेछन्।

पुष्पसदन बास्केटबलमा सिनियर ब्वाइज र जुनियर ब्वाइजतर्फका लिग चरणका अन्तिम खेलहरु बिहीबार हुँदै छन्। जुनियर ब्वाईजतर्फ रेडिएन्ट पब्लिक र आयोजक पुष्पसदन स्कुलबीच वर्षाका कारण रोकिएको खेल बिहीबार नै हुँदैछ। सुरुमा ८ गतेसम्म चल्ने भनिएको प्रतियोगिता ७ गते नै सम्पन्न गर्ने तयारी आयोजकले गरेको छ।

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फ २४ टिम गरी २५ वटा विद्यालयको सहभागिता छ। प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ।

प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP