Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१९ औँ एसियाली खेलकुद : हाङझाउमा आज ‌औपचारिक उद्घाटन

६ असोज, ललितपुर : ​एसियाली खेलकुदको महाकुम्भ शनिबारबाट औपचारिक रूपमा चीनको हाङझाउमा शुरु हुँदैछ।

१९ औँ संस्करणको एसियाड भव्य समारोहबीच हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा साँझ राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने कार्यक्रम छ ।

कोभिड–१९ का कारण एक वर्ष पछि हुन लागेको १९ औँ एसियाडका लागि चीनको उत्तरी दक्षिणी शहर हाङझाउ दुलहीझैँ सिंगारिएको छ।

दुई घण्टा चल्ने उद्घाटन समारोहमा ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन्।

असोज २१ गतेसम्म चल्ने प्रतियोगितामा एसियाका ४५ देशका १२ हजार ५०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। विभिन्न ४० खेलका ४८१ इभेन्ट्समा प्रतिस्पर्धा हुदैेछ ।

प्रतियोगिताका लागि भनेर आयोजकले ५४ खेल स्थल प्रयोगमा ल्याएको छ भने १० हजार क्षमताको भव्य एसियाली ग्राम पनि निर्माण गरिएको छ।​

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङझाउमा हुने एसियाडको उद्घाटन समारोहमा भाग लिन अमेरिकाबाट चीन जाँदैछन्।

उद्घाटन समारोहमा हुने मार्चपासमा महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले नेपालको झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ। दुवै खेलाडी दक्षिण एशियाली स्वर्णधारी हुन्।

एसियाडमा जापान पछि चीनकै दबदबा

७२ वर्ष लामो एशियाली खेलकुदको इतिहासमा दुई देश चीन र जापानले धेरै पदक जितेका छन् । सुरुका ८ संस्करणमा जापानले सबैभन्दा बढी स्वर्ण पदक जितेको छ भने त्यसपछिका नवौँ एसियाडदेखि १८ औँ एसियाडसम्म चीनकै दबदबा कायमै छ ।

१ देखि १८औँ एसियाडमा चीनले अहिलेसम्म एक हजार ४७३ स्वर्ण, ९९४ रजत र ७२० कास्यसहित तीन हजार १८७ पदक जितेको छ । यस्तै जापानले एक हजार ३२ स्वर्ण, एक हजार ३७ रजत र ९८५ कास्यसहित तीन हजार ५५ पदक जितेको छ। त्यसपछि तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ७४५ स्वर्ण, ६६३ रजत र ८२७ कास्यसहित दुई हजार २३५ पदक जितेको छ।

त्यसपछि धेरै पदक जित्नेमा इरान १७९ स्वर्ण , भारत र कजाकस्तानले समान १५५ स्वर्ण जित्दा , थाइल्याण्डले १३२ स्वर्ण, उत्तर कोरियाले ११० स्वर्ण पदक जितेको छ।

यसैगरी चाइनिज ताइपेईले ९९ स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा इण्डोनेसियाले ९१ स्वर्ण पदक जितेको छ। सागमा प्रतिस्पर्धा गर्ने राष्ट्र पाकिस्तानले अहिलेसम्म ४४ स्वर्ण पदक जित्दा श्रीलंकाले ११ स्वर्ण जितेको छ। बंगलादेशले समेत एक स्वर्ण जितिसक्दा अफगानिस्तान ४ रजतभन्दा माथि जान सकेको छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP