Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द

६ असोज, काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन भएका छन्।

शुक्रबार राति अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन् शनिबार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भए।

त्यस्तै अन्य पदाधिकारी चयनका लागि भने निवार दिउँसोबाट मतदान सुरु भएको छ। चन्दकै प्यानलबाट कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध हुनुभएको छ। सचिवमा भने पूर्व क्रिकेटर पारस खड्का र प्रशान्तविक्रम मल्ल प्रतिस्पर्धामा छन्। निर्विरोध अध्यक्षमा चयन भएसँगै अध्यक्ष चन्दले आफ्नो यो कार्यकालको तीन महिना भित्र नै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भारत र पाकिस्तान जस्तै नेपाली टोलीलाई पनि त्यो स्तरसम्म पुर्‍याउनुपर्ने चुनौती रहेको बताए। उनले सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न आवश्यक बताए ।

उनले भने, ‘पहिलो तीन महिना भित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौँ। भारत र पाकिस्तानसँग खेल्यौँ अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नुछ। त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ, र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ।’

उहाँले पद पाएसँगै जिम्मेवारी बढेको महसुस भएको बताए । उनले अघिल्लो कार्यकाल भन्दा यस पटक केही नयाँ किसिमबाट राम्रो गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP