Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एसियाडमा चीनको वर्चस्व

९ असोज, काठमाडौं : १९औँ एशियाली खेलकुदमा आयोजक चीनले वर्चस्व कायम राखेको छ। हालसम्म ६९ वटा पदक जितेर चीनले अपराजित यात्रालाई जारी राखेको हो।

पछिल्लो पदक तालिकाअनुसार चीनले ३९ स्वर्ण, २१ रजत र ९ कास्यसहित कुल ६९ पदक जितेर पदक शीर्ष स्थानमा छ। पदक तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले १० स्वर्ण, १० रजत र १३ वटा कांस्य पदक जितेको छ।

जापानले ५ स्वर्ण, १४ रजत र १२ वटा कांस्य पदक जितको छ। उज्वेकिस्तानले ४ स्वर्ण, ४ रजत र ६ कांस्य जितेको छ भने ३ स्वर्ण, हङकङ ४ रजत र ७ कांस्यसहित पदक तालिकामा पाँचौँ स्थानमा रहेको छ।

दक्षिण एसियाली देश भारतले सुटिङ र महिला क्रिकेटमा स्वर्ण पदक जतेको छ। भारतले ३ वटा रजत र ६ वटा कांस्य पदक प्राप्त गरेको छ। सहभागी ४५ देशमध्ये १० देशले स्वर्ण पदक जितेका छन् भने २६ देशले पदकको खाता खोलेका छन्।

नेपाल लगायतका बाँकी देशले पदको खाता खोल्न सकेका छैनन्। एसियाली खेलकुदमा आज विभिन्न १४ खेलका ३९ स्वर्ण पदक जित्ने खेलाडीको टुंगो लाग्ने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP