Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कुशल मल्लको विश्व कीर्तिमानी शतक

१० असोज, काठमाडौं : नेपाली युवा ब्याटर कुशल मल्ल अन्तर्राष्ट्रिय क्रिकेटमा फास्टेड हन्ड्रेड बनाउने खेलाडी बनेका छन।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध मल्लले ३४ बलमा शतक बनाएका हुन्। उनले यसअघि डेभिड मिलरको ३५ बलको शतकको रेकर्ड तोडेका छन्। उनी १३५ रन बनाएर क्रिजमा छन्।

चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर नेपालले सुरुआती ब्याटिङ गरिरहेको छ।

तेस्रो नम्बर क्रिजमा आएका कुशलले ३४ बलमा शतक पूरा गरे। उनले ६ चौका र आठ छक्का प्रहार गरे। नेपालले १७ औं ओभरमा ओभरमा दुई विकेट गुमाएर २ सय ५८ रन बनाएर खेलिरहेको छ।

यसअघि कुशलले १९ बलमा अर्धसतक बनाएका थिए। कुशल मल्लले १९ बलमै अर्धसतक बनाउँदै ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गरेका छन्। ज्ञानेन्द्रले २० बलमा अर्धसतक बनाएका थिए।

कुशललाई क्रिजमा कप्तान रोहितकुमार पौडेलले ५० रन बनाएर साथ दिएका छन्। ​झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। भुर्तेल १९ र शेख १६ रन बनाएर आउट भए।

यसअघि मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो। मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो।​ मंगोलियापछि नेपालले माल्दिभ्ससँग आइतबार खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP