Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

टी-२० क्रिकेटमा नेपालको कीर्तिमान नै कीर्तिमान, मंगोलियालाई ३१५ रनको लक्ष्य

१० असोज, काठमाडौं : युवा ब्याटर कुशल मल्लको शतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक प्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको छ।

चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको हो।

पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ र फिल्डिङतर्फ कमजोर प्रदर्शन गरेको थियो। नेपाली ब्याटरले शाननदार प्रदर्शन गरेपनि मंगोलियन खेलाडी दवावमा आए। फलतः नेपाल टी–२० आइकै कीर्तिमानी स्कोर बनाउन सफल भयो। मंगोलियन खेलाडीले बारम्बार कुशल मल्ल र रोहितको क्याच छाडेका थिए।

तेस्रो नम्बर क्रिजमा आएका कुशलले कीर्तिमानी शतक बनाएका हुन्। कुशलले ५० बलमा एक सय ३७ रन बनाए। कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर आउट भए। दुई चौका र ६ छक्काको वर्षात गरेका रोहित क्याच आउट भएका हुन्। मल्ल र रोहितले तेस्रो विकेटको लागि एक सय ९३ रनको बलियो साझेदारी गरेका थिए।

यसअघि कुशल मल्लले ३४ बलमा शतक बनाए। उनले ६ चौका र आठ छक्का प्रहार गर्दै एक सय रन पूरा गरेका थिए। कुनै पनि खेलाडीले ३४ बलमा शतक बनाएको पहिलो पटक हो।

यसअघि कुशलले १९ बलमा अर्धसतक बनाएका थिए। कुशल मल्लले १९ बलमै अर्धसतक बनाउँदै ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गरेका छन्। ज्ञानेन्द्रले २० बलमा अर्धसतक बनाएका थिए।​

पाँचौ नम्बर क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा पाँच बलमा पाँच छक्का प्रहार गरेका थिए। उनले १० बलमा आठ छक्कासहित ५२ रन बनाए।

झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। भुर्तेल १९ र शेख १६ रन बनाएर आउट भए। नेपालले २९ रन अतिरिक्त पाएको थियो।

मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू खेल हो। मंगोलियापछि नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP