Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुन प्रकरणमा थप दुईजना पक्राउ

१२ असोज, दोलखा : जिल्ला प्रहरी कार्यालय दोलखाले चार किलो सुन प्रकरणमा संलग्न दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले आज चरिकोटस्थित शुभकामना होटलबाट विगु गाउँपालिका-१ का ५५ वर्षीय नुर्बु शेर्पा र ३० वर्षीया सुनमला तामाङलाई ३० हजार नगद सहित पक्राउ गरेको छ।

चरिकोटबाट पक्राउ परेका दुवै सुन किन्न आएको प्रहरीको अनुमान छ। जिल्लाको विगु गाउँपालिका-३ जामुनेबाट ४ किलो सुनसहित पक्राउ परेका तीन सहित चरिकोटबाट नियन्त्रणमा लिएका दुईजनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

हिजो बेलुका सात बजे विगु गाउँपालिका-३ की सीता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङले सुन तस्करी गरी लुकाई छिपाई राखेको सूचनाको आधारमा तामाङ सहित पेम्बा तामाङ र माधव मगरलाई नियन्त्रणमा लिएको जिप्रका दोलखाका प्रमुख दीपक खड्काले जानकारी दिए।

नेपाली नागरिकलाई प्रयोग गरी चिनियाँले सुन नेपाल पठाएको प्रहरीको भनाइ छ। सुन तस्कर धमाधम पक्राउ पर्न थालेपछि उनीहरूले दोलखाको रुट प्रयोग गरेको खड्काले बताए। खड्काले भने‚ ‘फलाक नाकाबाट दोलखामा सुन प्रवेश भएको हो।’

चीनको सिमानामा प्रहरी चौकी रहे पनि उनीहरूले सुन हिँडेर ल्याएका कारण सूचनामा ढिलाइ भएको हो। अहिले सीमा नाकामा कडाइ गरिएको खड्काको भनाइ छ। उनीहरूलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा दोलखा अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP