Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

माल्दिभ्सलाई २ सय १३ रनको चुनौति, रोहितको अर्धशतक

१४ असोज, काठमाडौं : १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई नेपालले २ सय १३ रनको लक्ष्य दिएको छ।

चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरे। पौडेलले २६ बलमा ५२ रन बनाए। कुशल भुर्तेल र गुल्सन झाले समान ३५ रन बनाउँदा कुशल मल्ल ४७ रनमा नटआउट रहे।

माल्दिभ्समाथि नेपाल सहज जित हात पार्दै क्वाटरफाइनलमा स्थान पक्का गर्ने योजनामा छ। विश्व कीर्तिमानहरुले भरिएको उद्घाटन खेलमा मंगोलियाविरुद्ध ३ सय १४ रन जोड्दै २ सय ७३ रनको जित हात पारेको नेपाल यसै लयलाई कायम गर्ने योजनाका साथ मैदान उत्रिएको छ। माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले पराजित गरेको थियो।

क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीले अघिल्लो चरणमा भारत, पकिस्तान, बंगलादेश, श्रीलंका वा अफगानिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। क्वाटरफाइनल खेलहरुको तालिका तय गर्न ‘ड्र’को आयोजना गरिनेछ।​

एसियाडमै आज नेपालले आर्चरी, स्क्वास र एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP