Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चार हजार एम्पुल लागुऔषधसहित पाँचजना पक्राउ

१५ असोज, पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले दुई फरक ‘अपरेसन’ बाट चार हजार ४४ एम्पुल लागू औषध सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार गत असोज ७ गते वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१४ चाउथे बस्ने सन्तोष थापा र केशबहादुर कुमाललाई पक्राउ गरेको हो। उनीहरूले कोठामा लुकाएर राखेको अवस्थामा डाईजेपाम एक हजार २०२ एम्पुल, फेनरागन एक हजार ३६१ एम्पुल, नुर्फिन एक हजार १३२ एम्पुल, गाँजा ३०० ग्राम र कोडिङ फोस्फेट ९० ट्याब्लेट बरामद भएको छ।

उनीहरूबाट डाइजेपाम, फेनरागन, नुर्फिन लेखेको लेबलिङ, सात थान मोबाइल फोन सेट, ट्याब्लेट एक थान र नगद छ लाख ३२ हजार २१० रुपैयाँ पनि बरामद भएको छ। यही घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बस्ने ३१ वर्षीय सन्तोष थापा र पाल्पाको माथगढी गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बस्ने वर्ष ४० को केशबहादुर कुमाल पनि पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि लागुऔषध मुद्दामा अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ।

यस्तै असोज ७ गते नै पोखरा महानगरपालिका–८ सङ्गम मार्ग स्थित सडकमा स्कुटरको भाइजरमा राखेको अवस्थामा ३५० एम्पुल लागू औषध बरामद भएको छ। ग २१ प ४०२४ नम्बरको स्कुटरमा सवार पोखरा महानगरपालिका–१६ तल्लो दीप बस्ने वर्ष ४२ का सन्तोष गुरुङले भाईजरमा लुकाएर राखेको अवस्थामा डाईजेपाम ११७ एम्पुल, फेनरागन ११६ एम्पुल र नुर्फिन ११७ एम्पुल बरामद भएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP