Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अफगानिस्तानले अष्ट्रेलियाको सामना गर्दै

२१ कार्तिक, एजेन्सी

काठमाडौं : आईसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तानले अस्ट्रेलियाको सामना गर्दैछ।

जारी विश्वकपको सेमिफाइनल पुग्ने टिमको टुंगो लगाउनका लागि यो खेल महत्वपूर्ण रहेको छ। दिउँसो सवा २ बजे मुम्बईको वाङ्खडे रंगशालामा सुरु हुने खेलमा तेस्रो स्थानको अस्ट्रेलियाले छैटौं स्थानको अफगानिस्तानसँग खेल्नेछ।

आ​​जको खेलमा अस्ट्रेलियाले जित गर्दा गरे उसको सेमिफाइनल पुग्नेछ। अफगानिस्तानको भने सेमिफाइनल सम्भावना अत्यन्तै न्यून हुनेछ। चौथो स्थानमा नै भएको न्युजिल्यान्ड र अफगानिस्तानको समान आठ अंक छ। तर कम नेट रनरेटका आधारमा अफगानिस्तान छैटौं स्थानमा छ।

अब उसले अस्ट्रेलिया र दक्षिण अफ्रिकाको सामना गर्नु पर्नेछ। त्यसैले अफगानिस्तानले जित दर्ता गर्नुको विकल्प छैन।

यता अस्ट्रेलियाले अब अफगानिस्तान र बंगलादेशसँग मात्र खेल्न बाँकी छ। त्यसैले पाँच पटकको विश्व च्याम्पियन्सका लागि सेमिफाइनल यात्रा केही सहज छ। तर अफगानिस्तानले अस्ट्रेलियालाई हराउन सके उसको लागि ऐतिहासिक सावित हुनेछ।

पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउन सक्नेछ। यदि अफगानिस्तानले जित दर्ता गरे सेमिफाइनल पुग्ने दोस्रो एसियाली टोली बन्नेछ। जारी प्रतियोगितामा अपराजित भारत भने सेमिफाइनल पुगिसकेको छ।
प्रतियोगिता अन्तरगत हिजो भएको खेलमा बंगलादेशले सान्त्वना जित निकालेको छ। जारी विश्वकपमा बंगलादेशको दोस्रो जित हो। बंगलादेशले श्रीलंकालाई तीन विकेटले पराजित गरेको हो। दुवै टोली सेमिफाइनल दौडबाट बाहिरिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP