Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आजदेखि १३ वटा बैंकको ब्याजदर घट्यो

१ मंसिर, काठमाडौं : वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन्। बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ।

कात्तिक महिनामा ९ दशमवल ९६ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मङ्सिर महिनामा ० दशमलव ३३ प्रतिशत बिन्दु घटेर ९ दशमलव ६३ प्रतिशतमा झरेको हो। त्यसै गरी संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ० दशमलव ३०६ प्रतिशत बिन्दु घटेर ७ दशमलव ५४ प्रतिशतमा झरेको छ।

हाल सञ्चालनमा रहेको २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआइसी एसिया बैङ्क रहेको छ। एनआइसी एसियाले कात्तिक महिनाका तुलनामा मङ्सिर महिनामा ब्याजदर २ दशमलव ०३ प्रतिशत बिन्दुले घटाएको छ। बैङ्कले मङ्सिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८ दशमलव ९६ प्रतिशत ब्याज दिने भएको छ।

एनआइसी एसियापछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबी बैङ्क लिमिटेड रहेको छ। बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर १ दशमलव २४ प्रतिशतभन्दा घटाएर ९ दशमलव ७६ प्रतिशतमा झारेको छ।

छ वाणिज्य बैङ्कले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ«े बैङ्कले ब्याजदर बढाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP