Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

केपी ओली टी–२० क्रिकेटको खेल तालिका सार्वजनिक

५ मंसिर, कास्की : पोखरामा हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को खेल तालिका सार्वजनिक भएको छ।

बिहीबार शुरु हुने प्रतियोगिताको खेल तालिका आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले सार्वजनिक गरेको हो। एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिए।

तालिका अनुसार समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, लुम्बिनी र गण्डकी प्रदेश, समूह ‘सी’ मा नेपाल पुलिस क्लब, मधेस प्रदेश र सुदूर पश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी निलो भिड्नेछन्।

मङ्सिर १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन दुई खेल सञ्चालन हुने संयोजक गौचनले बताए। उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोबीच हुनेछ। प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीको सहभागिता हुने संयोजक गौचनले बताए।

प्रतियोगितामा ३ विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरी क्लबको सहभागिता हुनेछ भने कोशी, बागमती, मधेस, गण्डकी, लुम्बिनी, सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ।

युवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलो पटक प्रतियोगितामा सहभागिता गराउन लागेको संयोजक गौचनले जानकारी दिए। एकेडेमीले हालै देशभरका २०० भन्दा बढी युवा खेलाडीहरूबाट छनेट गरी दुई टिम बनाएको हो।

एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिब ७० लाख खर्च हुने जानकारी दियो। प्रतियोगितामा उपाधि विजेता टिमले नगद पाँच लाख रुपैयाँ र उपविजेता टिमले नगद दुई लाख ५० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए।

यस्तै हरेक खेलमा ‘म्यान अफ दि म्याच’ र प्रतियोगिताको ‘बेस्ट ब्याटर’ तथा ‘बलर’ लाई नगदसहित सम्मान गरिने छ। प्रतियोगिताका लागि १३ उपसमिति गठन गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP