Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विश्वकप छनोट : नेपाल र यमन भिड्दै

५ मंसिर, काठमाडौं : फिफा विश्वकप छनोट खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे सुरु हुनेछ। सन् २००५ को एएफसी प्रेसिडेन्ड कप पछि नेपालमा साँझ सात बजे खेल हुन लागेको यो पहिलो पटक हो।

नेपाली टिमका प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले समर्थकको सुविधलाई मध्यनजर गर्दै आफूलेनै सात बजे खेल राख्न आग्रह गरेको बताए।​ कार्यलय जाने समर्थक काम सकेर टिमलाई साथ दिन रंगशाला आउने उनको विश्वास छ।

गल्फ राष्ट्र यमनलाई काठमाडौंको चिसोमा खेल्न गाह्रो हुने र त्यसको फाइदा नेपालले उठाउने एन्फाको भनाइ छ। एन्फाले खेल हेर्न पुगेका दर्शकलाई निशुल्क घरसम्म पुर्‍याइदिने भएको छ।

तर प्रि-म्याच कन्फरेन्समा यमनका प्रशिक्षक मिरोस्लाभ साउकुपले यसअघिको खेल काठमाडौंभन्दा बढी उचाइमा खेलेको भन्दै सात बजे हुने खेलले केही फरक नपार्ने प्रतिक्रिया दिए। नेपाल र यमन दुवै पहिलो जितको खोजीमा छन्।

यसअघि भएको अवे खेलमा नेपालले यूएईसँग ४-० गोलको फराकिलो हार बेहोरेको थियो।बहराइनले यमनमाथि २-० गोलको जित हात पारेको थियो।

नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन्। चारै खेलमानेपाल जितविहीन छ। सन् २०१७ मा भएको एएफसी छनोटमा गोलरहित बराबरी खेल्नु यमनविरुद्ध नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो।

नेपालका मिडफिल्डर लाकेन लिम्बुले यो खेल गुमाउने छन्। उनी अघिल्लो खेलमा चोटग्रस्त बनेका थिए। चोटकै कारण यूएईसंगको खेल गुमाएका अनुभवी डिफेन्डर अनन्त तामाङ भने मैदान फर्कने सम्भावना छ।

समूह ‘एच’ मा तीन अंक जोडेको यूएई पहिलो र बहराइन दोस्रो स्थानमा छन्। अंकविहीन यमन तेस्रो र नेपाल चौथो स्थानमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP