Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

४७ वर्षपछि इटालीले जित्यो डेभिस कप

एजेन्सी

काठमाडौं : टेनिसको विश्वकप मानिने डेभिस कपको उपाधि इटालीले जितेको छ। ​

गएराति अस्ट्रेलियालाई २–० को सोझो सेटमा हराउँदै दोस्रो पटक इटालीले उपाधि हात पारेको हो। इटालीका नम्बर वान यानिक सिन्नरको उत्कृष्ट प्रदर्शनमा इटालीले ४७ वर्षपछि डेभिस कपको उपाधि जितेको हो। यसअघि इटालीले सन् १९७६ मा पहिलो उपाधि जितेको थियो।

यो प्रतियोगितामा एक सय ५५ देशबाट छानिएका देश सहभागी हुने गर्दछन्। यो प्रतियोगितामा टिम इभेन्टमा जित दर्ता गर्ने टोली विजयी हुने गर्दछ। स्पेनमा भएको फाइनलमा इटाली र अस्ट्रेलिया भिडेका हुन्।

इटालीका म्याटियो अर्नाल्डीले पहिलो एकल भिडन्तमा एलेक्सी पोपिरिनलाई पछि पारेपछि इटाली १–० ले अघि थियो। त्यसपछि सिनरले एलेक्स डे मिनौरलाई ६–३, ६–० ले हराएर उपाधि सुरक्षित गरेका हुन्।

यो प्रतियोगितालाई एटीपी टेनिस टुरको सबैभन्दा महत्वपूर्ण प्रतियोगितासमेत मानिन्छ। अस्ट्रेलियाले अहिलेसम्म २८ पटक डेभिस कपमा जितिसकेको छ। तर उसले सन् २००३ यता उपाधि जित्न सकेको छैन। गत वर्षको फाइनलमा पनि पराजित भएको थियो।

यो प्रतियोगिताको सर्वाधिक सफल टिम भने अमेरिका हो। उसले ३२ उपाधि जितेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP