Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

बजेट पारदर्शिताको परिसूचकमा नेपालको ओरालो यात्रा

काठमाडौं ।अन्तराष्ट्रिय बजेट सहकार्यले हालै सार्वजनिक गरेको खुला बजेट सर्वेक्षण प्रतिबेदन अनुसार नेपालको केन्द्रीय बजेट पारदर्शितामा न्युनिकरण भएको छ ।

सो अध्ययन प्रतिबेदन अनुसार नेपालको बजेट पारदर्शिताको अंक १०० मा ४१ र सर्वेक्षणले समाबेश गरेका विश्वका ११७ मुलुकमध्य पारदर्शिता श्रेणीमा नेपाल ६५औ स्थानमा रहेको छ । हरेक दुई वर्षमा सम्पन्न गरिने यो सर्वेक्षणमा सन् २०१८ को अन्तिम सम्म प्रकाशित बजेट दस्तावेज, कार्यक्रम गतिविधि र परिवर्तनलाई समेटिएको प्रतिवेदनमा जनाईएको छ ।

आर्थिक पत्रकारसंग सर्वेक्षणको नतिजा छलफल गर्दै अनुसन्धानमा संलग्न बिज्ञ तारानाथ दाहालले बजेट पारदर्शिताको परिसूचकमामा नेपालले प्राप्त गरेको अंक विश्वव्यापी औसत अंक ४५ भन्दा पनि कम रहेको बताउनुभयो ।

बजेटका प्रक्रियामा नागरिक सहभागिता परिसूचकमा नेपालले २२ अंक प्राप्त गरेको छ भने बजेटमा स्वतन्त्र निगरानी निकायको भूमिका परिसूचकमा ४८ अंक आएको छ ।

दक्षिण एशियामा अफघानिस्तान ५० अंक सहित पहिलो स्थानमा रहेको छ भने भारत ४९ सहित दोश्रो, श्रीलंका ४७ संका सहित तेश्रो, नेपाल ४१ सहित चौथो, बंगल्ददेश ३६ अंक सहित पाँचौ र पाकिस्तान २८ अंक सहित छैठौ रहेको सो प्रतिबेदनले जनाएको छ ।

सन् २०१७ मा सम्पन्न बजेट सर्वेक्षणमा नेपाल ५२ अंकसहित दक्षिण एशियामा नै पहिलो स्थानमा थियो भने पछिल्लो सर्वेक्षणमा बजेट सुचनाको उपलव्धतामा कमि भएको पाईएकोले परिसूचकमा कम्जोर देखिएको हो ।

प्रतिवेदन अवधिको तीन महिना भित्रमा आवधिक प्रतिवेदन (त्रैमासिक आर्थिक बुलेटिन) अनलाइनमा प्रकाशित हुननसेको र बार्षिक प्रतिवेदनको एउटा खण्ड (बार्षिक प्रगति प्रतिवेदन २०१७र१८) पनि प्रकाशन नभएकोले यस संस्करणमा नेपालको बजेट पारदर्शिताको तालिकामा कम अंक देखिएको दाहालले जनाउनुभयो ।

त्यस्तै नेपालले अरु संस्करणमा जस्तै यसमा पनि प्रमुख आठ बजेट दस्तावेज मध्ये पूर्व बजेट विवरण र नागरिक वजेट प्रकाशन गर्न असमर्थ भएको प्रतिवेदनमा समाबेश गरिएको छ ।

नेपालले बजेट पारदर्शिताको अवस्थामा सुधारका लागि आर्थिक प्रतिवेदनहरु अनलाइनबाट समयाबद्दा रुपमा प्रकाशन गर्ने, पूर्व बजेट विवरण र नागरिक वजेट प्रकाशन गर्ने, कार्यकारीको बजेट प्रस्तावमा सरकारी ऋणको संरचना सम्बन्धि विस्तृत जानकारी तथा सरकारका नया तथा चालु नीतिहरुको राजस्व र खर्चमा पर्ने प्रभाब सम्बह्न्धि जानकारी समेट्ने र बिस्तृत राजश्व र खर्चको विवरणसहित अनुमोदन बजेट सार्वजनिक गर्ने र मध्यावधि समिक्षा प्रतिवेदनमा वार्षिक बजेट तुलनामा आर्थिक वर्षको बाँकी अवधिको खर्चको अध्यावधिक प्रक्षेपण प्रस्तुत गर्नुपर्ने सुझाब प्रस्तुत गरिएको छ ।

नेपालको अर्थ मन्त्रालयले वजेट तर्जुमाको क्रममा पुर्व वजेट प्रस्तुति प्रक्रिया निर्धारण गरेको छ भने वजेट कार्यन्वयनक लागि अनलाइन परामर्श पद्दति पनि तय गरेको छ। यद्धपि वजेट प्रक्रियामा जन(सहभागितालाई थप सबल बनाउन सिमान्तकृत वर्ग र समुदायको सहभागितालाई धनिभूत बनाउने, संसदले कार्यकारीको वजेट प्रस्ताव अनुमोदन गर्नु अघि हुने सुनुवाइको क्रममा त्यसप्रतिको जनधारणा बुझ्न नागरिक संघसंस्थाका प्रतिनिधिलाई सहभागीतको अवसर दिनुपर्ने सुझाब पनि प्रतिवेदनले दिएको छ ।

छलफलको क्रममा आर्थिक पत्रकार समाज नेपालका अध्यक्ष भिमप्रसाद गौतमले सर्वेक्षणको नतिजा सर्वाजनिकिकरणले सम्बन्धित विषयका पत्रकारलाई बजेटका नीति, दस्तावेज र सूचनाका वारेमा बुझ्न थप मद्दत पुग्ने र प्रभाबकारी वजेट पत्रकारिता मार्फत सार्वजनिक जवाफदेहिता अभिवृद्धि गर्न र वजेट प्रक्रियामा सुसुचित नागरिक सहभागिता बढाउन सहयोग पुग्ने बताउनुभयो ।

खुला बजेट सर्वेक्षणले बजेटका क्षेत्रमा लोकतन्त्र र जवाफदेहिताका आधारभूत शर्तका रुपमा रहेको सुचनाको स्वतन्त्र प्रवाह, सबल निगरानी र निर्णय प्रक्रियामा नागरिक सहभागिताको अवसर परिपूर्ति गरिएको छ छैन भने बिषयको मापन गरेको अनुसन्धानदाता कृष्ण सापकोटाले बताउनुभयो सो छलफल कार्यक्रममा नेपालका मुलधारका मिडियामा कार्यरत १५ जना आर्थिक पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP