Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एनएसएलमा आज दुई खेल

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलाम भिड्नेछन् । जारी लिगमा धनगढी आफ्ना तीनमध्ये २ खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्दै ७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

स्पोर्टिङ इलाम भने आफूले खेलेका चारमध्ये एक खेलमा जित निकाल्दै ३ अंक जोडेर सातौँ स्थानमा छ ।

अपराह्न ५ बजे शुरु हुने दोस्रो खेलमा एफसी बुटवल–लुम्बिनी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । बुटवल लुम्बिनी आफ्ना ४ खेलमध्ये एउटामा जित निकाल्दै ३ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ।

साविक विजेता काठमाडौं रेजर्स तीनमध्ये एकमा जित र दुईमा बराबरी गर्दै ५ अंक जोडेर तालिकाको चौथो स्थानमा छ।

यसअघि शुक्रबार भएको खेलमा वीरगञ्ज युनाइटेड र झापा एफसीले गोलरहित बराबरी खेलेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP