Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पेस्तोल र २० थान गोलीसहित ३ जना पक्राउ​

काठमाडौं : मकवानपुर प्रहरीले सेमिअटोमेटिक पेस्तोल र २० थान गोलीसहित ३ जनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका वडा नं.९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो।

गत सोमबार राति गोली प्रहारको घटना मंगलबार दिउँसो जानकारीमा आएपछि परिचालित प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

पक्राउ पर्नेमा हेटौंडा ९ का ३३ वर्षीय निश्चल पाण्डे‚ सोही ठाउँका ३५ वर्षीय गणेश घले र ३० वर्षका प्रितम क्षेत्री छन्। उनीहरूको साथबाट घटनामा प्रयोग भएको पेस्तोल पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रूपैयाँ, २ सय ग्राम लागुऔषध खैरो हेरोइन‚ लागुऔषध तौल गर्ने तराजु पनि बरामद भएको एसपी रिजाललेजानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP