Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

म्यान्मामा बन्धक बनाइएका अनुवादक ८ लाख तिरेर नेपाल फर्किए

काठमाडौँ : चिनियाँ कम्पनीमा अंग्रेजी अनुवादकको काम गर्न विदेश पुगेका एक व्यक्तिलाई कम्पनीले बन्धक बनाएपछि महँगो शुल्क तिरेर स्वदेश फर्कन बाध्य भएका छन्।

थाइल्याण्डस्थित चिनियाँ कम्पनीमा मासिक १ लाख ३० हजार कमाइ हुने प्रलोभनमा १ लाख ५० हजार रुपैयाँ एजेन्टलाई बुझाएका उनी अन्ततः फसेका हुन्।

थाइल्याण्डमा अंग्रेजी अनुवादकको काम भनेर म्यान्माको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याएर बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङका लगाएपछि ती व्यक्ति ८ लाख रुपैयाँ कम्पनीलाई बुझाएर नेपाल फर्किएका छन्।

थाइल्याण्ड भनेर म्यान्मा पुर्‍याइएका एजेन्टले पीडितलाई फेसबुक, वाट्सएप, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत अमेरिकी र युरोपेली नागरिकलाई कसरी ट्रयापमा पारी अनलाइनमार्फत ‘बिट क्वाइन’मा लगानी गर्न आकर्षित गर्ने भन्ने विषयमा सात दिनको तालिमसमेत दिएको पाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ।

कम्पनीले तोकेअनुसारको लक्ष्य भेटाउन नसके कुटपिट गर्ने, करेन्ट लगाउने जस्ता शारीरिक तथा मानसिक यातना दिने गरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

अनुसन्धानकै क्रममा म्यान्मास्थित चिनियाँ कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिनुका साथै सीसी क्यामेरा जडान गरी कम्पनीबाहिर आफूखुसी निस्कन नपाउने गरी अनलाइन स्क्यामिङको काममा लगाई साइबर स्लेभ बनाई राखेको खुलेको ब्यूरोले जनाएको छ।

राम्रो काम र पारिश्रमिकको प्रलोभनमा ती व्यक्तिलाई फसाउने एजेण्ट काठमाडौँ बाँसबारीका २६ वर्षका बुद्ध लामालाई नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ।

लामाबाट ठगिएका पीडितले म्यान्मा पुगेको १० महिनापछि नेपाल फर्कन म्यान्मास्थित कम्पनीलाई ८ लाख तिर्न बाध्य भएका प्रहरीले जनाएको छ। एजेन्ट लामाले पीडितबाट १ लाख ५० हजार लिएर म्यान्मा पठाएका थिए।

उनले थाइल्याण्डस्थित चिनियाँ कम्पनीमा अंग्रेजी अनुवादकको रोजगारी लगादिने प्रलोभनमा पारी म्यान्माको म्यावडीस्थित कम्पनीमा बन्धक बनाएर पीडितलाई दैनिक १८ देखि २० घण्टासम्म दास बनाएर अनलाइन स्क्यामिङमा लगाएका पाइएको ब्यूरोका प्रहरी उपरीक्षक पंगेनीले जानकारी दिए।

उनका अनुसार मासिक १ लाख ३० हजार रुपैयाँ कमाइ हुने, खानेबस्ने व्यवस्थासमेत कम्पनीले गर्ने र काम राम्रो भए पारिश्रमिक समेत बढ्दै जाने भनेर प्रलोभनमा पारेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP