Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दुई नेपालीलाई म्यान्मा पुर्‍याई बन्धक बनाउने एक युवती पक्राउ

काठमाडौं : रोजगारीको प्रलोभनमा पारी म्यान्मा पुर्याएर बन्धक बनाई स्क्याममा लगाउने गिरोहका व्यक्ति धमाधम पक्राउ पर्न थालेका छन् ।

थाइल्याण्डको कम्पनीमा कम्प्युटर टाइपिङको रोजगारी दिलाईदिने आश्वासनमा परी दुई जनालाई म्यानमार पुर्याइ म्यावडीस्थित चिनियाँ कम्पनीमा बन्धक बनाउने एक युवती पक्राउ परेकी छन्।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले गोरखा धार्चे गाउँपालिका –४ की २७ वर्षीया कविता गुरुङलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए। उनलाई आइतबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको एसपी पंगेनीले बताए।

उनले पीडितहरुबाट प्रतिव्यक्ति २ लाख ६० हजार रुपैंया लिएर थाइल्याण्ड भनि म्यानमार पुर्याएकी थिईन् । उनले पीडितहरुलाई मासिक एक हजार डलर तलब पाउने, खाने बस्ने व्यवस्था कम्पनीले नै गर्ने भनेर झुक्यानमा पारेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

ब्युरोका एसपी पंगेनीका अनुसार गुरुङले पीडितहरुलाई काठमाडौंस्थित आफ्नै घरमा बोलाएर अंग्रेजी टाइपिङको तीव्रतासमेत चेक गरेको र परीक्षामा पास भएको भन्दै पीडितहरुबाट पैसा उठाएकी थिइन्।

उनीहरूलाई म्यान्मा पुर्याएर सामाजिक सञ्जालमार्फत अमेरिकी, युरोपियन नागरिकलाई के कसरी ट्रयापमा पार्न सकिन्छ? र अनलाइनमार्फत बिटक्वाइन लगायत भर्चुअल करेन्सी लगानीमा आकर्षित गर्न सकिन्छ भनेर तालिमसमेत दिएका थिए।

पीडितहरुलाई कम्पनीले निश्चित अवधिमा अमेरिकी नागरिकलाई भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने गरि टार्गेट दिएको म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीले २० घण्टासम्म काममा लगाउने, टार्गेट पूरा नभए कुटपिट गर्ने, करेन्ट लगाउने जस्ता यातना दिने गरेका ब्यूरोले जनाएको छ।

कम्पनीभित्रै बन्धक बनाएर अनलाइन स्क्यामिङको काममा साइबर स्लेभको रुपमा श्रम शोषण भएपछि रोजगारीका लागि पुगेका दुई पीडितहरु ९ महिनापछि कम्पनीलाई ८ लाख रूपैयाँ तिरेर स्वदेश फर्किएका छन् ।

यसअघि आइतबार पनि ब्युरोको टोलीले सोही प्रकृतिको घटनामा संलग्न काठमाडौं बुढानीलकण्ठका बद्ध लामालाई नियन्त्रणमा लिएको थियो।

यस घटनामा संलग्न अन्य व्यक्तिहरू पनि रहेको प्रहरी उपरीक्षक पंगेनीले जानकारी दिए। उनीहरूको खोजीकार्य तीब्र पारेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP