२ माघ,पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनाको अवधिमा ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार जिल्ला अदालत कास्कीबाट विभिन्न १४ प्रकारका मुद्दामा फैसला गरेर कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ७७ जना पुसमा पक्राउ परेका हुन्। पक्राउ गरिएका सबैलाई अदालतमा पेश गरिएको छ।
पक्राउ परेकाहरूबाट १६ वर्ष दुई महिना १४ दिन कैद सजाय र तीन लाख तीन हजार ७०५ रुपैयाँ जरिवाना भुक्तान गरिएको छ।
विकका अनुसार चेक अनादर मुद्दामा ४४ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा तीनजना, जालसाजी मुद्दामा तीन जना, लागू औषध मुद्दामा १३ जना, अभद्र व्यवहार मुद्दामा एक जना, झुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्दामा एकजना पक्राउ परेका हुन्।
यस्तै जुवा तास मुद्दामा तीन जना, केही सार्वजनिक अपराध मुद्दामा एक जना, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्दामा दुईजना, ज्यानसम्बन्धी मुद्दामा एकजना, सवारी ज्यान मुद्दामा एकजना, गैरकानुनी कारोबार सम्बन्धी मुद्दामा एकजना पक्राउ परेका छन्। अपुताली हक कायमसम्बन्धी मुद्दामा एक जना र लेनदेन (बिगो सम्बन्धी) मुद्दामा दुईजना पक्राउ परेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया